Incident Reports

एमाओवादी आक्रमणबाट दुई जना नेकपा-माओवादी कार्यकर्ता घाइते l

2013-10-31

Narendra Singh दार्चुला । ०७० कात्तिक १५ गते, एमाओवादीको आक्रमणबाट दार्चुलाको गोकुलेश्वरमा कात्तिक १४ गते राती नेकपा-माओवादीका दुई जना कार्यकर्ता घाइते भएका छन् । चुनावी अभियानमा रहेको एमाओवादी र चुनाव बहिष्कारको क्रममा रहेको नेकपा-माओवादीका कार्यकर्ता बीच राती होटलमा आक्रमण भएको हो । एमाओवादीका चुनावी प्रचार/प्रसार समितिका संयोजक मानसिंह धामी सन्तोषको नेतृत्वमा गएको टोलीको आक्रमणबाट नेकपा-माओवादीका चक्र विक आन्दोलन र पवन विक गम्भीर घाइते भएको नेकपा-माओवादीका जिल्ला इन्चार्ज गणेशसिह खत्रीले बताए । गोकुलेश्वरमा मसाल जुलुस निकाली राती होटलमा सुतेको बेला एमाओवादीले आक्रमण गरेको खत्रीले जानकारी दिए । घाइतेद्वय विकको प्राथमिक स्वास्थ्य केन्द्र गोकुलेश्वरमा उपचार भइरहेको छ । गोकुलेश्वरस्थित चन्द्रकान्त नाथको होटलमा सुतिरहेका नेकपा माओवादीका केन्द्रीय सदस्य लक्ष्मणदत्त जोशी, जिल्ला इन्चार्ज गणेशसिह खत्री र सचिव करनसिह कार्की सुतेको कोठामा पनि ताला लगाइदिएको खत्रीले बताए । आफूहरू झ्यालबाट भाग्न सफल भएको बताए । एमाओवादीले बिहीबार देथला गाविसमा कार्यक्रम गरेको अवस्थामा नेकपा-माओवादीले गोकुलेश्वरमा कार्यक्रम गरि मसाल जुलुस निकालेको थियो । उनीहरूको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । नेकपा माओवादीले हावाहुरी चलेको बेला मसाल जुलुस निकाल्दा आगलालीको सम्भावित खतरालाई ध्यानमा राखी हस्तक्षेप गरिएको प्रहरी प्रमुख डिएसपी टीकाबहादुर केसीले बताए । प्रहरीले मसाल जुलुसलाई तितर वितर गर्न लाठी चार्ज गरेकेा थियो । नरेन्द्रसिह कार्की

0 Comments

Related Reports
Related Trend Analysis