Incident Reports

संविधानसभा निर्वाचन २०७० को मतदान लगायतका गतिविधि, काभ्रे

2013-11-19

१ को पोखरीचौरी गाविसको जागृति उच्च माध्यमिक विद्यालयको मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ताले काङ्ग्रेसका कार्यकर्तालाई आक्रमण गरेका छन् । आक्रमणबाट स्थानीय काङ्ग्रेस नेता केदारप्रसाद गौतम आक्रमणबाट घाइते भएका छन् । अरनिको माविमा भएको बुथ कब्जा भएको हल्ला आएपछि सुरक्षकर्मी त्यसतर्फलागेको र त्यसैबेला एमाओवादीका कार्यकर्ताले काङ्ग्रेसका कार्यकर्तालाई कुटपिट गरेको प्रहरीले जनाएको छ । मतदान कार्य केही समय स्थगित भए पनि हाल सुचारू रहेको छ । पोखरीचौरी गाविसको अरनिको माविको मतदान केन्द्रमा नेपाली काङ्ग्रेसका स्थानीय नेता टुकुप्रसाद गौतमले एमालेको एकलौटी मत खसेको आरोप लगाउँदै मत पेटिका फालेका छन् । सो घटनापछि एमाले र काङ्ग्रेसका कार्यकर्ताबीच विवाद उत्पन्न भएपछि प्रहरीले चार राउण्ड हवाइ फायर गरेको छ । घटनापछि मतदान कार्य केही समय स्थगित भए पनि र्सवपक्षीय बैठकपछि हाल जारी रहेको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports