Incident Reports

पूर्वसभासद दयालको कोठाबाट प्रचार समाग्री लुटियो l

2013-10-31

Sher Bahadur Chand बैतडी । ०७० कात्तिक १५ गते, नेकपा एमालेको तर्फबाट समानुपतिक पूर्व सभासद पुरनसिंह दयालको दशरथ चन्द नपा-१ छेलामा रहेको डेराबाट सो पार्टीको निर्वाचन प्रचार समाग्री अज्ञात समद्वारा कात्तिक १४ गते लुटिएको छ । आफूहरू निर्वाचन प्रचार-प्रसारमा गाउँमा रहेको बेला बन्द कोठाको झ्यालबाट भित्रपसि कोठामा रहेका पार्टीका प्रचार समाग्री च्यातेर गएको केही महत्वपुर्ण पुस्तक एवम् पार्टीका दास्तावेजहरू सहित कोठाभित्र रहेका पाँच हजार नगद रकम र एक तोला बरावर सुनको गहना समेत लुटिएको दयालका छोरा बलभद्र दयालले बताए । घटनापछि प्रहरीले घटनाको स्थलगत निरीक्षण गरी अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनायो । शेरबहादुर चन्द

0 Comments

Related Reports
Related Trend Analysis