Incident Reports

विधेयक फिर्ता माग गर्दै पत्रकारले एक खुट्टा उचालेर विराेध प्रदर्शन गरे

2019-05-15

Province 1, Sunsari, Itahari

इटहरी : नेपाल सरकारले मिडियालाई अंकुश लगाउन खोजेको भन्दै विरोध स्वरुप प्रेस युनियन सुनसरीले भिन्न तरिकाले सडकमा प्रदर्शन गरेको छ ।

संसदमा पेश गरिएको काउन्सिलसम्बन्धी विधेयक तत्काल फिर्ता गर्न माग गर्दै पत्रकारहरुले इटहरी चोकमा एक खुट्टा उचालेर र मुखमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका हुन् ।

सरकारले मिडियालाई अपांग बनाउन खोजेको भन्दै पत्रकारहरुले सांकेतिक विरोध जनाएको प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले जानकारी दिए । विरोध प्रदर्शनपछि बोल्दै उनले तत्काल विधेयक फिर्ता नलिए सुनसरीबाटै सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

नेपाल पत्रकार महासंघका प्रदेश अध्यक्ष विक्रम लुइटेल, पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्कालगायतले विधेयकका प्रावधानहरु सच्याउन माग गरेका छन् ।

यसअघि नेपाल पत्रकार महासंघ सुनसरीले समेत हातमा कालोपट्टी बाँधेर विरोध जनाएको थियो । इटहरी, इनरुवा, धरानलगायत ठाउँमा पत्रकारहरु भेला भएर कालोपट्टी बाँधेका हुन् ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Demonstration
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 25
Actor 1 - Affiliations Journalist/Media
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments