Incident Reports

नेकपा-माओवादीद्वारा निर्वाचन सामाग्री च्यातिए l

2013-10-29

Mandatta Rawal जुम्ला । ०७० कात्तिक १५ गते, नेकपा-माओवादीद्वारा कालिकाखेतु र महावैपाथरखोला गाविसमा टाँसिएका निर्वाचन सचेतना सम्बन्धीका प्रचार-प्रसार सामाग्रीहरू कात्तिक १३ गते च्यातिएका छन् भने समुदायमा निर्वाचन सचेतना कार्यक्रममा अवरोध पुर्‍याएका छन् । चार दलिय सिण्डीकेटले बनेको सरकारले घोषणा गरेको चुनाव मान्य नहुने, नाटकीय निर्वाचनको पूर्ण रुपमा बहिष्कार गरौ भन्दै नेकपा-माओवादी कार्यकर्ताहरू भित्तामा टाँसियका निर्वाचन सामाग्रीहरू च्यातिदिएका र निर्वाचन शिक्षा कार्यक्रममा अवरोध पुर्‍याउने गरेको निर्वाचन शिक्षा कार्यकर्ता तथा कालिकाखेतु गाविसका सामाजिक परिचालक दीपेन्द्र शाहीले बताए । सामाजिक परिचालक शाहीले भने आफ्नो ज्यान जोखिममा राखेर समुदायमा निर्वाचन शिक्षा कार्यक्रम सञ्चालन गर्न नसकिएको बताए । मानदत्त रावल

0 Comments

Related Reports