Incident Reports

स्वच्छ निर्वाचनको लागि नागरिक अभियान समिति गठनl

2013-10-30

Laxmi Sah Sonar बारा । ०७० कात्तिक १३ गते, स्वच्छ र मर्यादित निर्वाचनका लागि बाराको कलैयामा इन्सेकद्वारा कात्तिक १३ गते आयोजना गरेको छलफल कार्यक्रममा नागरिक समाज बाराका महासचिव हिरालाल साहको संयोजकत्वमा आठ सदस्यीय स्वच्छ नागरिक अभियान समिती गठन भयो । कार्यक्रममा जिल्ला निर्वाचन कार्यालय, प्रहरी अधिकृत, गैर सरकारी संस्था महासंघका प्रतिनिधि, शिक्षक, पत्रकार, व्यवसायी गरी १५ जनाको सहभागिता थियो । कार्यक्रमको उद्देश्यबारे इन्सेक बारा प्रतिनिधि लक्ष्मी साहले जानकारी गराएका थिए । नवगठित समितीले स्वच्छ निर्वाचनका लागि बढ्दो आचारसहिंता उलङ्घन, सुरक्षा सहित मतदाताको अधिकार सुनिश्चित गर्न सरोकारवाला सरकारी निकायलाई ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ । लक्ष्मीसाह सोनार

0 Comments

Related Reports
Related Trend Analysis