Incident Reports

एमाओवादी अध्यक्ष दाहाललाई सहमतिपछि मात्र हेलिकोप्टर प्रयोग गर्न निर्देशन l

2013-10-31

Bibek Dhungana काठमाडौँ । ०७० कात्तिक १४ गते, निर्वाचन आयोगले निर्वाचन आचारसंहिता विपरीत एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले हेलिकप्टर प्रयोग गरेको भन्दै आइन्दाबाट अनुमति प्राप्त गरेपछि मात्र हेलिकप्टर प्रयोग गर्न दाहाललाई निर्देशन दिएको छ । आयोगको कात्तिक १४ गते बसेको बैठकको निर्णयको अध्यक्ष दाहालले निर्वाचन प्रचार प्रसारका लागि कात्तिक १३ गते आयोगमा हेलिकप्टर माग गरेको तर आयोगको अनुमति प्राप्त नगरी हेलिकप्टर प्रयोग गरेको पाइएको हुँदा अब आइन्दा आयोगको सहमति प्राप्त गरेपछि मात्र हेलिकप्टर प्रयोग गर्न अध्यक्ष दाहाललाई निर्देशन दिइएको हो । आयोगका प्रवक्ता वीरबहादुर राईले निर्वाचन आचारसंहिता विपरीत पुनः गल्ती दोहोरिए निर्वाचन आयोग ऐन, २०६३ को दफा २९ बमोजिम उम्मेदवारी समेत खारेज गरिने बताए । साथै आयोगको उक्त बैठकले नुवाकोट जिल्लामा आचारसंहिता विपरीत एमाओवादीले काम गरेको भनी उजुरी परेको सन्दर्भमा कुनै पनि राजनीतिक दल वा उम्मेदवारको निर्वाचन प्रचारप्रसारमा कुनै किसिमको अवरोध नपुर्‍याउनु भनी एमाओवादी केन्द्रीय कार्यालयमा लेखी पठाउने निर्णय गरेको छ । राजधानिका विभिन्न ठाँउबाट आचारसंहिता उल्लङ्घनका उजुरीहरू आयोगमा बढ्न थालेपछि निर्वाचन आयोगको टोलीले कात्तिक १३ गते अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा आयोगले सार्वजानिक स्थलमा टाङ्गिएको सयौँ थान पोष्टर, झण्डा, चुनाव चिन्ह हटाएको आयोग प्रवक्ता राईले जानकारी दिए । बाँकी रहेका क्षेत्रमा पनि हटाउनका लागि प्रहरीलाई अनुरोध गरिएको प्रवक्ता राईले बताए । विवेक ढुङ्गाना

0 Comments

Related Reports
Related Trend Analysis