Incident Reports

एमाओवादीको चुनावी कार्यक्रममा बालबालिकाहरूको प्रयोग l

2013-10-31

Madhavraj Pandeya पर्वत । ०७० कात्तिक १४ गते, एमाओवादी पर्वतले कात्तिक १४ गते आयोजना गरेको एमाओवादीका अध्यक्ष पुष्पकमल दाहालबाट सम्बोधन हुने चुनावी सभामा गाँउबाट जुलुसमा बालबालिकाहरू प्रयोग गरिएको छ । निर्वाचन आचारसंहित विपरीत झण्डा र व्यानर सहित बालबालिकाको प्रयोग गरिएको थियो । एमाओवादीका चुनावी कार्यक्रमलाई विथोल्न नेकपा-माओवादीले पर्वत बन्दको आयोजना गरिए पनि कार्यक्रम बिना अवरोध सम्पन्न भएको छ । उक्त कार्यक्रममा एमाओवादीका कार्यकर्ताहरूले जुलुसमा बालबालिकाहरूलाई झण्डा समाउन लगाएका थिए । साथै एमाओवादी कार्यकर्ताले टिसर्ट लगाएर चुनावी प्रसार गरिएको थियो । माधवराज पाण्डेय

0 Comments

Related Reports
Related Trend Analysis