2019-05-20
८ जेठ, बुटवल । दुई दिनअघि मृत फेला परेका कपिलवस्तु वाणगंगा नगरपालिका ६ का युवकको हत्या उनकै साथीहरुले गरेको खुलेको छ ।
होटलमा मदिरा खाँदा उत्पन्न भएको सामान्य विवादपछि २७ वर्षका चिरञ्जीवि आचार्यको हत्या भएको प्रहरी अनुसन्धानबाट पत्ता लागेको हो ।
आचार्यको जेठ ६ गते रुपन्देहीको सैनामैनामा रहेको शितलापुर सामुदायिक वनमा भेटिएको थियो । प्रहरी अनुसन्धानका क्रममा १३ हजार र एम थान मोवाइलकै कारण आचार्यको हत्या भएको खुलेको छ । इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक डिलबहादुर मल्लले सो घटनामा संलग्न ४ जनालाई पक्राउ गरेको बताए ।
आचार्यसहित ५ जना वाणगंगा नगरपालिका ६ लक्ष्मणघाट छेउको एक रेष्टुरेन्टमा बसेर मदिरा पिउने क्रममा मोवाइल र १३ हजार रुपैयाँको विषयमा विवाद भएको थियो ।
मदिराकै तालमा एउटाले मोवाइल हराउछ, अनि एकले अर्काेलाई चोर दोष लगाउने गर्दागर्दै विवाद बढेको थियो । विवाद भएपछि आचार्यकै मोटरसाइकलमा ३ जना चढेर सालझण्डी आएको र जंगलमा ढुंगाले हानेर हत्या गरी भागेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
इलाका प्रहरी कार्यालय बुटवलले हत्या आरोपमा कपिलवस्तु बाणगंगा ६ का २० बर्षका राजु बिक, ३३ वर्षका रमेश बिक, २८ बर्षका गोपाल खनाल, २४ बर्षका बसन्त खत्रीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
राजु र रमेश घटनाका मुख्य योजनाकार भएका प्रहरीको भनाइ छ । मोटरसाइकलमा ल्याएर ढुंगाहान्ने र जंगलमा फाल्ने काममा दोषी देखिएका छन् । गोपाल र बसन्तले आचार्यको शव कहाँ फाल्ने भन्ने योजना बनाएका हुन् ।
आचार्यको हत्यापछि मोटरसाइकललाई बाणगंगा १ मा रहेको खायरखानी जंगलमा लगेर चारै जना भागेको रुपन्देहीका प्रहरी प्रमुख एसपी हृदय थापाले बताए ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Murder/attempted Murder |
Weapons | Blunt weapon |
Primary Cause | Disputes over inheritance, debt, land and other economic disputes |
Actor 1 - Number of people | 4 |
Actor 1 - Affiliations | Citizen/Individuals |
Actor 1 - Youth | youth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation (Target) | Citizen/Individuals |
Actor 2 - Youth | noyouth |
Total Killed | 1 |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance