Incident Reports

भद्रपुरमा एउटा स्कुल बस तोडफोड

2019-04-18

Province 1, Jhapa, Bhadrapur

भद्रपुरमा एउटा स्कुल बस नेत्रविक्रम चन्द (विप्लव)का कार्यकर्ताले तोडफोड गरेका छन् । विप्लव कार्यकर्ताले बन्दको अवज्ञा गरेको भन्दै झापा गाउँपालिका नौं कुवारी भन्ने स्थानमा गौतम बुद्ध बोडिङ स्कुलको मे १ ख १९३४ नम्बरको बस तोडफोड गरेका हुन् । प्रहरी कार्यालय झापाका अनुसार डिस्कभर बाइकमा चढेर आएका दुई जना अपरिचितले सडकमा गुडिरहेको बसलाई रोकेर तोडफोड गरेका थिए । तोडफोडबाट स्कूल बसको अगाडिको सिसा फुटेको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक (डिएसपी) महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार स्कूल बसमा विद्यार्थी नरहेकोले कुनै मानवीय क्षति भने नभएको बताए । यता विप्लबले नेकपा सरकारले लगाएको प्रतिबन्ध र पक्राउ परेका नेता कार्यकर्ता रिहाइको माग गर्दै बिहीबार नेपाल बन्दको आव्हान गरेका थिए ।

पूर्व पश्चिम तथा सहायक राजमार्गहरुमा यातायातका सवारीसाधन चल्दै आएको डिएसपी श्रेष्ठले जानकारी दिए । विप्लवको बन्दले झापा जिल्लामा सामान्य प्रभाव परेको छ । भद्रपुर, बिर्तामोड, मेचीनगर, दमक लगायतका मुख्य शहरहरूमा बजार तथा पसल खुल्ला छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Vandalism
Weapons Unclear
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth na
Severely damaged Vehicles 1
Local Newspaper - Dhanusha

0 Comments