Incident Reports

CA Election Necessary to Translate Commitment into Practice

2013-10-30

Rupandehi, Janata pratiko pratibadhata lai byabharik sambhidan sabha nirbachan aapariharya: INSEC aadkshya Pyakurel. Rupandehi/October 30, Chairperson of Informal Sector Service Centre (INSEC) Subodh Raj Pyakurel has urged the leaders and candidates of political parties to be sensitive citing the need of a clean, fear-free and fair election. Speaking at a program on vetting of the election candidates organized by the INSEC Western Regional Office in Butwal on October 30, Pyakurel said that the program was organized to discuss on the agendas of the parties for holding of a clean, peaceful and fear-free election. He stressed that the election is necessary to translate the commitments on people to practice. Urging all to participate in the election, he called on the concerned authorities to focus on making a fear-free environment for elections. Coordinator of Citizen's Campaign for Clean Election 2013 and former secretary of Office of the Prime Minister Dr. Trilochan Upreti said that the country would become a failed state if the parties again fail to draft the constitution. He added that it is necessary to bring the groups who are not part of the elections to consensus for making the elections successful. UML central secretary and poll candidate Bishnu Paudel, UCPN-M central member Dilaram Acharya, NC central member Baburam Rana, MJF-Nepal central member Ashok Berma expressed political commitment for human rights, rule of law and social justice. Amrit Giri रुपन्देही । ०७० कात्तिक १३ गते, इन्सेकका अध्यक्ष सुवोधराज प्यकुरेलले स्वच्छ, भयरहित र मर्यादित निर्वाचन जरुरी रहेकाले निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका दलका नेता र उम्मेदवारहरूले संवेदनशीलता अपनाउनु पर्ने बताए । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको आयोजनामा स्वच्छ निर्वाचनका लागि नागरिक अभियान-२०७० अन्तर्गत कात्तिक १३ गते बुटवलमा उम्मेदवारको संपरीक्षण सम्बन्धी सार्वजनिक सुनुवाई कार्यक्रममा प्याकुरेललले उक्त कुरा बताएका हुन् । संविधानसभा निर्वाचनलाई स्वच्छ, शान्त र भय रहित बनाउनका लागि दलहरूको एजेन्डाका बारेमा छलफल गर्नका लागि सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रममा बोल्दै प्याकुरेलले अहिलेको स्थितिमा जसरी पनि निर्वाचन हुनुपर्ने उल्लेख गर्दै उनले जनताप्रतिको प्रतिबद्धतालाई व्यवहारिक बनाउन पनि निर्वाचन अपरिहार्य रहेको बताए । यस अघिको निर्वाचन पर्यवेक्षण पर्यटन भएको भन्दै अध्यक्ष प्याकुरेलले अहिलेको निर्वाचनले देशलाई निकास दिने हुदाँ सबैलाई मतदानमा सरिक हुन आग्रह समेत गरे । उनले डर र त्रासको वातावरण जनतासामु हुदाँसम्म स्वच्छ निर्वाचन हुन नसक्ने भएकाले सम्बन्धित निकायले यसलाई ध्यान दिनुपर्नेमा जोड दिए । स्वच्छ निर्वाचनका लागि नागरिक अभियान २०७० का संयोजक तथा प्रधानमन्त्री कार्यालयका पूर्व सचिव डा. त्रिलोचन उप्रेतीले संविधान निर्माणको काममा दलहरू फेरि पनि चुके भने मुलुक असफल राष्ट्र बन्ने बताए । उनले संविधानसभा चुनावलाई सफल बनाउनका लागि चुनाव बाहिर रहेका समूहलाई पनि सहमतिमा ल्याउन जरुरी रहेको बताए । कार्यक्रममा सहभागी राजनीतिक दलका तर्फबाट एमालेका केन्द्रीय सचिव तथा उम्मेदवार विष्णु पौडेल, एमाओवादीका केन्द्रीय सदस्य डीलाराम आचार्य, काङ्ग्रेसका केन्द्रीय सदस्य बाबुराम राना, फोरम नेपालका केन्द्रीय सदस्य अशोक बर्माले मानवअधिकार, विधिको शासन र सामाजिक न्यायका निम्ति राजनीतिक प्रतिबद्धता जनाए । नेकपा एमालेका केन्द्रीय सचिव तथा रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार विष्णु पौडेलले मानवअधिकार, सामाजिक न्याय र विधिको शासनमा एमाले सँधै प्रतिबद्ध रहेको बताउँदै जनयुद्धका नाममा भएका मानवअधिकार विरुद्धका अपराध र ज्यादतीमा संलग्न जुनसुकैलाई पनि कानुनको दायरामा ल्याउनुपर्ने र त्यसका लागि सत्य निरुपण तथा मेलमिलाप आयोगको गठन हुनुपर्नेमा जोड दिए । नेकपा एमाले स्वगन्त्र प्रेस, स्वगन्त्र न्यायालय र मानवअधिकारको पक्षमा दृढ रहेको उनले बताए । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य बावुराम रानाले आफूहरू लोकतन्त्रको पक्षमा दृढ रहेको बताए । उनले संसदीय व्यवस्था, प्रधानमन्त्री सरकार प्रमुख र आलङ्कारी राष्ट्रपतिको पक्षमा आफ्नो पार्टी रहेको बताए । लैङगिक हिंसा, बन्द हड्ताल कहिल्यै नगर्ने, युवाहरूलाई स्वदेशमै रोजगारीको व्यवस्था गर्ने र सुकुम्बासीलाई समेत व्यवस्थित बनाउन आफ्नो पार्टी लागेको उनले बताए । एकीकृत माओवादी केन्द्रीय सदस्य डिलाराम आचार्यले देशको विकासका लागि आफ्नो पार्टीले ४० औं वर्षसरकार चलाउनुपर्ने बताए । उनले आफ्नो पार्टीलाई १० वर्षसरकारमा रहेर काम गर्न दिए देशको वेराजगार घटाउने आश्वास दिए । आफ्नो पार्टी स्वतन्त्र प्रेसको पक्षमा रहेको भन्दै उनले मानवअधिकारको बुझाई गहिराईसम्म अझ पुर्‍याउन जरुरी रहेको बताए । मधेशी जनअधिकार फोरम नेपालका केन्द्रीय सदस्य एवं रुपन्देही क्षेत्र नं. ४ का उम्मेदवार अशोक बर्माले मदेश र मधेशीको हितका लागि आफ्नो पार्टीको बहुमत आबश्यक रहेको बताए । उनले यदि आफु विजयी भएर संविधान सभामा गएर ६ महिनामा संविधान नभए आफुले राजिनामा दिने समेत बताए । कार्यक्रममा उपस्थित सर्वसाधरणहरूले फुस्रा नाराहरू चुनावको समयमा लगाएर भ्रम पार्न नहुने र विशुद्ध यो चुनाव संविधान बनाउनका लागि भएको हुदाँ त्यस्तो भ्रम जनतलाई नफैलाउन आग्रह गरेका थिए । महिला अगुवा सावित्रा अर्याल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य गोविन्द खनाल, अधिकारकर्मी मुना रेग्मी, रिमा विसी, नारायण सापकोटा, पार्वती भण्डारी, पवित्रा श्रेष्ठ, सम्झना शर्मालगायतले दलका नेताहरूलाई जिज्ञासा राखेका थिए । कार्यक्रम लुम्बिनी सामुदायिक टेलिभिजनका पत्रकार दिनेश पाण्डेले सञ्चालन गरेका थिए । उक्त सार्वजनिक सुनुवाईको लुम्बिनी सामुदायिक टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । जिल्लाका मानवअधिकारकर्मी, स्थानिय नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, विभिन्न धार्मिक तथा जातीय समुदायका अगुवाहरूको कार्यक्रममा उल्लेख्य सहभागिता थियो । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis