Incident Reports

जनताप्रतिको प्रतिबद्धतालाई व्यवहारिक बनाउन संविधानसभा निर्वाचन अपरिहार्यः इन्सेक अध्यक्ष प्याकुरेल l

2013-10-30

४ का उम्मेदवार अशोक बर्माले मदेश र मधेशीको हितका लागि आफ्नो पार्टीको बहुमत आबश्यक रहेको बताए । उनले यदि आफु विजयी भएर संविधान सभामा गएर ६ महिनामा संविधान नभए आफुले राजिनामा दिने समेत बताए । कार्यक्रममा उपस्थित सर्वसाधरणहरूले फुस्रा नाराहरू चुनावको समयमा लगाएर भ्रम पार्न नहुने र विशुद्ध यो चुनाव संविधान बनाउनका लागि भएको हुदाँ त्यस्तो भ्रम जनतलाई नफैलाउन आग्रह गरेका थिए । महिला अगुवा सावित्रा अर्याल, मानवअधिकार तथा शान्ति समाजका केन्द्रीय सदस्य गोविन्द खनाल, अधिकारकर्मी मुना रेग्मी, रिमा विसी, नारायण सापकोटा, पार्वती भण्डारी, पवित्रा श्रेष्ठ, सम्झना शर्मालगायतले दलका नेताहरूलाई जिज्ञासा राखेका थिए । कार्यक्रम लुम्बिनी सामुदायिक टेलिभिजनका पत्रकार दिनेश पाण्डेले सञ्चालन गरेका थिए । उक्त सार्वजनिक सुनुवाईको लुम्बिनी सामुदायिक टेलिभिजनबाट प्रत्यक्ष प्रशारण गरिएको थियो । जिल्लाका मानवअधिकारकर्मी, स्थानिय नागरिक समाजका प्रतिनिधि, सञ्चारकर्मी, विभिन्न धार्मिक तथा जातीय समुदायका अगुवाहरूको कार्यक्रममा उल्लेख्य सहभागिता थियो । अमृत गिरी

0 Comments

Related Reports
Related Trend Analysis