Incident Reports

शिक्षक कुटपिट घटनाका आरोपित गिरफ्तार

2019-05-23

Karnali, Humla, Sarkegad, Ward 2

सर्केगाड गाउँपालिका–१ जैर घर भई हाल सोही गाउँपालिका–२ हिमज्योति मावि विद्यालयमा कार्यरत ३८ वर्षीय शिक्षक जयबहादुर धामीलाई कुटपिट गरेको आरोपमा सर्केगाड प्रहरीले जेठ ९ गते दुईजनालाई गिरफ्तार गरेको छ ।

कुटपिटको आरोपमा प्रहरीले सोही गाउँपालिका वडा नम्बर ५ का २७ वर्षीय गोठीका दिर्घ सिंह र २८ वर्षीय भरत मल्ल रहेका छन् ।

जेठ ९ गते दिउँसो सोही विद्यालयमा अध्यापन गराउन जाने क्रममा विद्यालय हातामै मदिरा सेवन गरी आएका आरोपितद्वयले आफूलाई कुटपिट गरेको भन्दै घटना लगत्तै पीडित शिक्षकले प्रहरीमा उजुरी दिएका थिए ।

आरोपितहरूले कुटपिट र हातपात मात्र नभई कुर्सी, टेबुल, बेञ्चलगायत विद्यालयको भौतिक सामग्री समेत तोडफोड गरेको प्रधानाध्यापक देवविक्रम शाहीले बताए ।

शिक्षक धामीको टाउकोमा सामान्य चोटपटक लागेपछि स्थानीय स्वास्थ केन्द्रमा उपचार भइरहेको प्रधानाध्यापक शाहीले बताए ।

राजनीतिक विषयलाई लिएर सो घटना भएको पीडित शिक्षक धामीको आरोप छ । सोही विद्यालयमा एकिकृत अखिल नेपाल शिक्षक सङ्गठनमा आवद्ध शिक्षक धामीमाथि आक्रमण भएको हो ।

घटनामा गिरफ्तार गरिएका आरोपितहरूलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यलय, हुम्लामा ल्याउँदै गरिएको डिएसपी रामप्रसाद घर्तिमगरले बताए ।

घटनाका दोषीमाथि कारवाहीको माग गर्दै हिमज्योती माध्यामिक विद्यालयमा अनिश्चतकालिन तालाबन्दी भएको विद्यालय प्रशासनले जनाएको छ ।

दोषीमाथि कडा कारवाही नभए नेपाल शिक्षक महासङ्घ, नेपाल राष्ट्रिय शिक्षक सङ्गठन, एकिकृत अखिल नेपाल शिक्ष सङ्गठन, अखिल नेपाल शिक्षक सङ्गठनले आन्दोलन गर्ने निर्णय गरेको नेपाल शिक्षक महासङ्घका जिल्ला अध्यक्ष धनबहादुर ऐडीले बताए ।

मदिरा सेवन गरी विद्यालय समयमा भएको यो घटना समग्र शिक्षकमाथि प्रहार भएको भन्दै यो निन्दनीय कार्य गर्नेलाई कडा भन्दा कडा कारबाहीको माग गर्दै जिल्लाका शिक्षक सङघसङ्गठनले जेठ ९ गते विज्ञप्ति जारी गरेका छन् ।


नन्द सिंह

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Education sector/teachers (private and public)
Actor 2 - Youth noyouth
Total Injured 1
INSEC

0 Comments

Related Reports