Incident Reports

धारिलो हतियार प्रहारबाट दुई घाइते

2019-05-24

Province 1, Bhojpur, Pauwadungma

भोजपुर : भोजपुरको पौवादुङ्मा गाउँपालिका ३, च्याङ्ग्रेमा धारिलो हतियार प्रहारबाट दुईजना घाइते भएका छन्। स्थानीय ४२ वर्षीय कुमार श्रेष्ठले २८ वर्षीया मनिकला शाक्य र १७ वर्षीया भद्रिका राईमाथि धारिलो हतियार प्रहार गरेका हुन्। 

शुक्रबार साँझ घरमा बसिरहेका दुवै किशोरीमाथि श्रेष्ठले धारिलो हतियार प्रहार गरेका थिए। हतियार प्रहारबाट घाइते मनिकला र भद्रिकाको टाउको, हातको औँला र गालामा चोट लागेको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डव राजवंशीले जानकारी दिए। 

मनिकलालाई उपचारका लागि धरानको घोपा क्याम्प लगिएको छ। भद्रिकाको भने स्थानीय मेडिकलमा उपचार भइरहेको छ। मानसिक सन्तुलन ठीक नभएको भनिएका कुमार श्रेष्ठलाई इलाका प्रहरी कार्यालय तिवारीभञ्ज्याङले पक्राउ गरेको छ। घटनाको विषयमाथि अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।

  

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 2
Youth Injured 2
National/Online Media , Local Newspaper - Morang

0 Comments

Related Reports