2019-05-26
सुकेधारा र अनामनगर घट्टेकुलोमा भएको सिलिण्डर विस्फोटमा दुई जनाको मृत्यु भएको छ । ७ जना घाइते भएका छन् ।
प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले दुई जनाको मृत्यु भएको पुष्टि गरे । ‘सुकेधारा र अनामनगर दुबै स्थानमा एकएक जना घटनास्थलमै मृत भेटिएका छन्’ उनले अनलाइनखबरसँग भनेका छ ।
सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा सिलिन्डर विस्फोट भएको थियो । विस्फोटमा घाइते भएका ५ जनालाई ओम अस्पताल पुर्याइएको छ ।
घट्टेकुलोमा भएको विस्फोटमा घाइते भएका एक जनालाई वीर अस्पताल लगिएको छ ।
प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।
...............
सुकेधारमा तीन जनाको मृत्यु, तीन घाइते
सुकेधारमा भएको विस्पोटमा परी तीन जनाको मृत्यु भएको छ । घटना स्थलमा एक जनाको मृत्यु भएको थियो भने एक जनाको उपचारका लागि ओम अस्पताल लैजादै गर्दा बाटाेमा मृत्यु भएको थियो । अर्का एक जनाको उपचारका क्रममा ओम अस्पतालमा मृत्यु भएको अस्पतालका मेनेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले बताए । उनका अनुसार तीन जनाको आइसियुमा राखेर उपचार भइरहेको छ । तर, अवस्था गम्भिर रहेकाे छ । घाइतेमध्ये केहीको खुट्टा छिनेको छ भने केहीको हात छिनेको छ कार्कीले भने ।
घाइते र मृतक कसैको सनाखत भएको छैन । सोही घटनामा परी एक जनाको अवस्था चिन्ताजनक छ । उनलाई शिक्षण अस्पतालमा लगे पनि उपचार सम्भव नभएपछि उनलाई ट्रमा सेन्टरमा लगिएको छ । सुकेधाराको शैलुनमा काम गर्न महोत्तरीका छोटु ठाकुर रहेको अस्पतालले जनाएको छ ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Remote violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | unknown |
Total Killed | 3 |
Total Injured | 3 |