2019-05-26
काठमाण्डौ – प्रहरीले कोटेश्वरको नरेफाँटबाट विस्फोटक पदार्थसहित विप्लव समूहका सात कार्यकर्तालाई पक्राउ गरेको छ । प्रहरीले आइतबार साँझ गोप्य सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब निरीक्षक श्रीधर खड्काले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा तेजबहादुर मोक्तान, तेजराज काफ्ले, बुद्धिबहादुर सुनार, बुद्धिलाल पुन, डम्बरबहादुर तामाङ, चित्तकमल ओली र राकेश श्रेष्ठ रहेका छन् । उनीहरूका साथबाट प्रेसरकुकर चार थान, मोटरसाइकल एक थान, नौ थान मोबाइल र पर्चा बरामद गरेको प्रहरीले जनाएको छ ।
Violent / Non-violent | Nonviolent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Arrest (politically significant) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | 7 |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Government and civil servants at central level |
Actor 2 - Youth | na |