Incident Reports

Parties Violate Code of Conduct

2013-10-29

Siraha, Daal haru dwara acharsanhita biparit karya. Siraha/October 29, The political parties have carried out election campaing against the election code of conduct in Siraha. The candidates of major political parties, including the Chairperson of UCPN-M Puspa Kamal Dahal who is contesting CA polls from constituency no-5 under the first past the post system are in frontline for violating the code of conduct. In constitunecy no- 5, colourful pamphelets, banners are being used for the election campaign. The youths affiliated to YCL are wearing T-shirt with Dahal's photo. Similarly, the candidate of constituency no-1 Rajdev Yadhav who is contesting CA polls from Rastriya Prajatantra Party organized a reception breaching the election code of conduct. Chief District Election Officer Shekhar Chandra Aryal informed that the candidates who found breaching the code of conduct would be punished. Durga Pariyar सिरहा । ०७० कात्तिक १२ गते, संविधानसभा निर्वाचनको प्रचारको क्रममा दलहरूबाट सिरहामा आचारसंहिता विपरीत कार्यहरू भएका छन् । आचारसंहिता उल्लङ्घनमा एमाओवादीका अध्यक्ष तथा क्षेत्र नं. ५ का उम्मेदवार पुष्पकमल दाहाल लगायत अन्य दलका उम्मेदवार तथा कार्यकर्ताहरू रहेका छन् । दाहालको चुनावी क्षेत्रमा आचारसंहिता विपरीत सवारीसाधनको प्रयोगदेखि तुल, ब्यानर र पम्प्लेटिङ समेत तीब्र पारिएको छ । आचारसंहितामा उम्मेदवारको प्रचारका लागि तुल, ब्यानर र प्लास्टिक प्रयोग गर्न नपाइने उल्लेख छ । तर, यस क्षेत्रमा दाहालका ठूला तस्बिर अंकित फ्लेक्सले हरेक गाउँ भरिभराउ छन् । एमाओवादी र अर्कोतिर वाईसीएल लेखिएको रातो टिसर्टधारी युवा प्रचार अभियानमा सहभागी छन् । कागजमा छापिएका दाहालको तस्बिर भएका पोस्टर पनि ती सय वर्गइन्चभन्दा ठूला आकारका छन् । आचारसंहितामा एक उम्मेदवारले झन्डावाल दुईओटा हलुका सवारीसाधन प्रयोग गर्न पाउने भनिए पनि उनको चुनाव कार्यक्रममा दर्जनौं झन्डावाल सवारीसाधन प्रयोग हुने गरेका छन् । पोस्टर, पर्चा, पम्प्लेट छपाउँदा एक रङमा मात्रै हुनुपर्ने र मुद्रक लेखिएको हुनुपर्ने भए पनि दाहालको प्रचारका लागि दुई रङमा पोस्टर छापिएका छन् । यसैगरी, राष्टिय प्रजातन्त्र पार्टी क्षेत्र नं. १ का उम्मेदवार राजदेव यादवले कार्यकर्तालाई चुनाव आचारसंहिता विपरीत कात्तिक ११ गत भटियाटोलमा सर्वसाधरणलाई भोज खुवाइएको छ । सिरहाका मुख्य जिल्ला निर्वाचन अधिकृत शेखरचन्द्र अर्यालले आचारसंहिता उल्लङ्घन गर्ने सबै दलका उम्मेदवारहरू माथि कारबाही गर्ने बताए । हाम्रो अनुगमनका क्रममा कुनै विभेद नगरेको बताए । 'हामीले आचारसंहिता विपरीत प्रयोग गरेको प्रचार सामग्री जुनसुकै दलको भए पनि हटाएका छौं', कसैलाई भेदभाव नगरेको बताए । उनका अनुसार पटकपटक सचेत गराउँदा समेत आचारसंहिता विपरीतका प्रचार कार्य नरोके उम्मेदवारलाई स्पष्टीकरण सोधिने र अटेर गरे कडा कारबाही गर्ने बताए । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis