2019-05-26
प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विप्लव समूह आतंककारी गतिविधिमा संलग्न हुँदा आइतबार चारजनाको ज्यान गएको छ। सोमबारका लागि नेपाल बन्द आह्वान गरेको विप्लव समूहले बन्दको पूर्वसन्ध्यामा पड्काउन तयार पारेको सिलिन्डर बम अचानक कोठाअगाडि नै पड्किदा आफ्नै कार्यकर्ताको ज्यान गएको हो।
काठमाडौंका घट्टेकुलो र सुकेधारामा छुट्टाछुट्टै सिलिन्डर बम र कुकर बम विस्फोट हुँदा चारजनाको ज्यान गएको छ भने ६ जना घाइते भएका छन्। सो समूहका कार्यकर्ताले काठमाडौंको चन्द्रागिरि, ललितपुरका लगनखेल, सातदोबाटोलगायतका स्थानमा विस्फोट गराएका थिए। यसबाहेक ललितपुरका दुई स्थानमा पनि बम फेला परेको थियो।
चारजनाको मृत्यु, कम्तीमा तीनजना घाइते
विप्लव समूहले घट्टेकुलोमा रहेको सिलिन्डर बम अन्यत्र लगेर विस्फोट गराउने योजनाअन्तर्गत प्रज्वल शाहीको कोठाबाट बाहिर निकाल्न लाग्दा आइतबार अपराह्न साढे ४ बजेको समयमा विस्फोट भएको थियो। सो विस्फोटमा परी विप्लव समूहका विद्यार्थी नेता रविन केसी घाइते भएका थिए भने शाहीको घटनास्थलमै मृत्यु भएको थियो।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Remote violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | n/a |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | unknown |
Actor 2 - Number of people | n/a |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | na |
Total Killed | 1 |
Total Injured | 2 |