Incident Reports

विप्लव नेतृत्वको नेकपाका कार्यकर्ता गिरफ्तार

2019-05-26

Province 1, Jhapa, Birtamod, Ward 5

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट दलित मुक्ति मोर्चा झापाका अध्यक्ष ३७ वर्षीय प्रविन दर्नाललाई प्रहरीले जेठ १२ गते गिरफ्तार गरेको छ ।

विर्तामोड नगरपालिका क्षेत्रमा बस्दै आएका उनलाई विर्तामोड नपा-५ बजार क्षेत्रबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।

बन्दको पूर्व सन्ध्यामा उनलाई गिरफ्तार गरिएको र अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी महेन्द्रकुमार श्रेष्ठले दर्नाललाई गिरफ्तार गरेको विषयमा कुनै जानकारी नभएको बताए ।

नरेश खाती

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments