Incident Reports

बारामा पाइप बोकेको भारतीय ट्रकमा आगजनी

2019-05-27

Madhes, Bara, Jitpur Simara

बाराको सिमरामा रोकिराखेको भारतिय लरी (ट्रक)मा आइतबार राती अज्ञात समुहले आगजनी गरेको छ । जीतपुरसिमरा उपमहानगरपालिका ३ स्थित बजनीमा पाइप बोकेको लरीमा आगजनी गरिएको हो।

नेपाल–भारत पेट्रोलियम पाइपलाइन आयोजनाका लागि पाइप बोकेर आएको एपी ३१ एक्स ६३१६ नम्बरको ट्रक बजनीस्थित सडक छेउमा रोकिराखेको थियो । ट्रकमा राती १२ बजे आगो लागेपछि जीतपुरसिमरा उपमहानगरपालिकाको दमकलको सहयोगमा आगो नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरीक्षक सुभाष हमालले जानकारी दिए।

आगलागीबाट ट्रकको पछिल्लो भागमा क्षति पुगेको छ । ट्रकमा आगो लगाउने व्यक्ति वा समुहको पहिचान नभएको र खोजी भइरहेको प्रहरी निरीक्षक हमालले बताए।

यसैगरी नेत्रविक्रम चन्द विप्लप नेतृत्वको नेकपाले आवहान गरेको नेपाल बन्दका कारण बारामा लामो दुरीका सवारी साधन ठप्प छन् । राजमार्गमा छोटो दुरीका केही सवारी साधन चलेका छन् ।अधिकांश शैक्षिक संस्था बन्द छन् । प्रहरीले राजमार्गमा सुरक्षा व्यवस्था कडा पारेको छ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Private company
Actor 2 - Youth na
Totally damaged Vehicles 1
National/Online Media , Local Newspaper - Parsa

0 Comments