Incident Reports

नेकपा-माओवादीका कार्यकर्ताले निर्वाचन सामाग्री जलाएl

2013-10-27

Durga Thapa सुर्खेत । ०७० कात्तिक ४ गते, नेकपा-माओवादीका कार्यकर्ताले पूर्वी सुर्खेतमा मतदाता शिक्षा सम्बन्धी सामाग्री लुटेर जलाएका छन् । मतदाता शिक्षा सम्बन्धी सामाग्री लिएर गाउँ जान लागेका निर्वाचन कर्मचारीबाट नेकपा-माओवादीका कार्यकर्ताहरू सामाग्री लुटेर जलाएका हुन् । आग्रीगाउँ, घोरेटा र राकम गाविसबाट फिलिफ्चार्ट, पोष्टर, हाते पुस्तिका, नमूना मतपत्र लगायतका समाग्री लुटेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । घोरेटा र आग्रीगाउँमा ०७० कात्तिक ३ गते साँझ तथा राकममा ०७० कात्तिक ४ गते बिहान निर्वाचन सम्बन्धी सामाग्री लुटेर जलाएको निर्वाचन कार्यालय सुर्खेतका प्रमुख तिलक रिजालले जानकारी दिए । यता जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी प्रकाश अधिकारीले निर्वाचन सामाग्री लुट्ने नेकपा-माओवादी कार्यकर्ताहरूलाई नियन्त्रणमा लिने प्रयास भईरहेको बताए । नेकपा-माओवादी सुर्खेतका सचिव प्रशान्त रानाले आफ्ना कार्यकर्ताले निर्वाचन सामाग्री नियन्त्रणमा लिएर जलाएको प्रतिकृया दिए । उनले बहिष्कार अभियानलाई अझ सशक्त बनाएर लैजाने पनि बताए । यसैबीच, जिल्ला निर्वाचन कार्यालय सुर्खेतले जिल्लाका राकम, सहारे, वीरेन्द्रनगर, रामघाट, बावियाचौर लगायत छ ठाउँमा कात्तिक १ देखि ३ गतेसम्म निर्वाचन शिक्षा सम्बन्धी प्रशिक्षण कार्यक्रम सञ्चालन गरिरहेको छ । दुर्गा थापा

0 Comments

Related Reports