Incident Reports

विप्लव नेतृत्वको नेकपाका दुई जना कार्यकर्ता गिरफ्तार

2019-05-27

Karnali, Salyan, Bagchaur

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुईजना कार्यकर्तालाई प्रहरीले जेठ १३ गते गिरफ्तार गरेको छ ।

बागचौर नगरपालिकामा सिलिन्डिर बम विष्फोट गराएको आरोपमा जिल्ला कमिटी सदस्य बागचौर नगरपालिका–१० मोख्लाका ४५ वर्षीय गिर्दल बस्नेत र सोही नगरपालिका–६ कोटवाराका २१ वर्षीय सेजन चन्दलाइ प्रहरीले गिरफ्तार गरेको जनाएको छ ।

सेजन चन्द हाल कपिलवस्तुको भगवानपुरमा बसोबास गर्दै आएका थिए । बन्द आह्वानको पुर्व सन्ध्यामा जेठ १२ गते राति सवा ८ बजे शारदा नगरपालिका–१५ को ठानुमारे डाँडामा सिलिन्डर बम विष्फोट भएको र सोही घटनामा संलग्न रहेको आरोपमा दुवैजनालाइ गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तारीमा परेका दुवै जनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी वीरेन्द्रबहादुर शाहीले जानकारी दिए ।

मिना बुढाथोकी

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 2
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments