Incident Reports

उखुबारीमा भेटियो पुरुषको शव

2019-05-28

Madhes, Rautahat, Gaur, Ward 7

१४ जेठ, रौतहट । रौतहटको गौर नगरपालिकामा एक पुरुषको शव फेला परेको छ । गौर चन्द्रनिगाहपुर सडक खण्डको गौर ७ सिसवाको उखुबारीमा शव फेला परेको हो ।

उखुबारीमा घाँस लिन गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतक व्यक्तिको पहिचान हुन नसकेको तथा शवलाई पोष्टमार्टमाका लागि जिल्ला अस्पताल गौरमा राखिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी नवीन कार्कीले बताए ।

‘अन्दाजी ५० वर्षका पुरुषको शव फेला परेको छ’, डिएसपी कार्कीले भने ‘उनको साथबाट पहिचान खुल्ने केही भेटिएको छैन । पोष्टमार्टम रिपोर्ट पछि घटनाका बारेमा कुराहरु खुल्छन् ।’

केही दिन पहिले नै अन्य कुनै ठाउँमा हत्या गरी कसैले शवलाई फालेको आशंका स्थानीयले गरेका छन् । घटनाको बारेमा अनुसन्धान सुरु गरेको प्रहरीले बताएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Killed 1
National/Online Media , Police website , Local Newspaper - Parsa

0 Comments

Related Reports