Incident Reports

सिरहा क्षेत्र नम्बर ५ को मतगणना स्थगित l

2013-11-21

एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार रहेको सिराहा क्षेत्र नम्बर ५ को मतगणना कार्य मङ्सिर ६ गते राति देखि स्थगित भएको छ । निर्वाचन आयोगले पठाएको पत्रअनुसार मतगणना कार्य स्थगित गरिएको निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत उद्धवप्रसाद भट्टराईले बताए । रामपुरविर्ता गाविसमा खसेको मत भन्दा २ सय १८ मत बढी देखिएकाले निर्वाचन आयोगमा पत्राचार गरेपछि मतगनना कार्य रोक्न राति १२ बजे निर्देशन आएको निर्वाचन अधिकृत भट्टराईले बताए । उनका अनुसार, 'आयोगले मतगणना कार्य स्थगित गर्न पत्र नै पठाएको छ । पुनः सुरु गर्न पत्र नआएसम्म स्थगित नै रह्नेछ ।' मतगणना कार्य रोकिएपछि एमाले लगायतका दलहरूले विरोध गरेका छन् । एमालेका नेता तथा कार्यकर्ताहरू निर्वाचन अधिकृत भट्टराईलाई घेराउ गरी मतगणना कार्य जारी राख्न आग्रह गरेका छन् । मतगणना कार्य सुरु नभएपछि कोठाबाट बाहिरिन नदिने एमाले कार्यकर्ताहरूले बताएका थिए । कसैले उजुरी नगरेको र न्यायधीश तथा निर्वाचन अधिकृत भट्टराईले आफै उजुरी खडा गरी मतगणना कार्य स्थगित गर्न लगाएको दाहालका प्रतिस्पर्धी एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठले बताए । उनकाअनुसार कसैले हार्ने वा जित्ने अवस्थामा मतगणना रोक्ने काम गर्न नहुने र पुनः सुरु गर्नुपर्ने बताए । अहिलेको मतगणना अनुसार एमाओवादी अध्यक्ष दाहालले सात हजार ९० र उनका प्रतिस्पर्धी एमालेका लीलानाथ श्रेष्ठ ६ हजार पाँच सय ९० मत ल्याएर पछयाउँदै छन् । क्षेत्र नम्बर ५ मा कूल १६ गाविसमा ६८ मतदान केन्द्र रहेकोमा ३१ ओटा मतदान केन्द्रको मतगणना भइसकेको छ भने ३७ ओटा मतदान केन्द्रको मत गणना भएको छैन् । दुर्गा परियार

0 Comments

Related Reports
Related Trend Analysis