Incident Reports

एमाले उम्मेदवारमाथि गोली प्रहार

2013-10-04

Nepal

Laxmi Sah Sonar बारा । ०७० असोज १८ गते, लिप्नीमाल गाविस-१ निवासी संविधानसभा निर्वाचन २०७० को प्रत्यक्ष तर्फका बारा जिल्ला क्षेत्र नम्बर ४ का एमाले उम्मेदवार ५० वर्षीय मोहुमद आलमलाई असोज १८ गते बिहान ११ बजे एक समूहले गोली प्रहार गरेको छ । लिप्नीमाल गाविस-८ चावसोती खाद्य उद्योगको अगाडि भारतीय नम्बर प्लेट भएको मोटरसाइकलमा आएका दुई जनाको समूहले अलामलाई गोली प्रहार गरी गम्भीर घाइते बनाएको प्रहरीले जनाएको छ । टाउकोमा एक गोली लागि गम्भीर घाइते भएका उनको वीरगञ्जस्थित नेशन मेडिकल कलेजमा प्राथमिक उपचार गरी थप उपचारको लागि हेलिकोप्टरबाट काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । एमाले उमेदवार आलम टाटासुमो गाडीबाट ओर्लेर मोवाइलमा कुरा गर्दै गर्दा हतियारधारी समूहले गोली प्रहार गरेको थियो । स्थानीयले नियन्त्रणमा लिन खोज्दा गोली प्रहार गर्दै सो समूह मोटसाइकलमै दक्षिण तिर भागेको थियो । आलम एमालेका केन्द्रीय सदस्य र नेपाल मुश्लिम इत्यहाद संगठनको केन्द्रीय अध्यक्ष पनि हुन् । लक्ष्मी साह सोनार

0 Comments

Related Reports