Incident Reports

कुटपिट तथा अभद्र व्यवहार गर्ने ५ जना पक्राउ

2019-06-05

Bagmati, Dhading, Benighat Rorang, Ward 3

धादिङ, २३ जेठ     

बेनिघाट रोराङ गाउँपालिका-३ बस्ने २६ वर्षीय जनक मगरलाई कुटपिट गर्नुका साथै प्रहरीलाई समेत हातपात गर्न खोज्ने ५ जनालाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेहरुमा निलकण्ठ नगरपालिका-३ बस्नेहरु २५ वर्षीय सुजन लामा, २० वर्षीय बिमल शाह ठकुरी, २७ वर्षीय काजी शाक्य, २३ वर्षीय समिर थापा मगर र ३४ वर्षीय राधाकृष्ण भण्डारी रहेका छन् । बेनिघाट रोराङ गाउँपालिका-३ स्थित मलेखु ताल्ती कच्ची सडकमा कर उठाउने ढाटमा काम गर्ने निज राधाकृष्ण भण्डारीको नेतृत्वमा रहेको उक्त समूहले खाजा खाएको फोहर किन नफालेको भन्ने बिषयलाई लिएर धारिलो हतियार देखाई कुटपिट गर्दा जनक मगर घाइते भएको र केही वृद्ध, महिला, केटाकेटीलाई सडक अवरोध गरी गाली गलौज समेत गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको प्रहरीले कुटपिट गर्ने व्यक्तिहरुलाई नियन्त्रणमा लिने क्रममा उनीहरुले प्रहरी टोलीमाथि आक्रमण गर्दा १ जना प्रहरी कर्मचारीको पोशाक समेत च्यातिएको  छ । घटनामा संलग्न व्यक्तिहरुको साथबाट १ थान चक्कु बरामद भएको छ ।उनीहरु उपर ज्यान मार्ने उद्योग तथा अभद्र व्यबहार मुद्दा अन्तर्गत प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 5
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Injured 1
Police website

0 Comments

Related Reports