Incident Reports

Rampant Breach of Code of Conduct Seen in District

2013-10-10

Dhading, Aacharsanhita ko byapak ullangaan. Dhading/October 10, Election Commission has apparently chosen to ignore the rampant incidents of violation of CA election code of conduct. On October 10, UCPN-M held a tea party at its district office against the code of conduct. Colorful printed invitation cards were distributed to the residents of the bazaar by the UCPN-M candidate for constituency no. 2, Kalpana Dhamala. The EC had issued a directive on October 8 banning all kinds of parties serving free food in the pretext of festivals. The election observers have said that the UCPN-M tea-party had violated that directive. In constituency no. 3, UCPN-M organized program at Machhindra Higher Secondary School, Khanikhola of Naubise VDC on October 8. Program, attended by the candidate Shalikram Jamarkattel, had huge party flags demonstrated and was organized inside the school premises. The parties had also violated the code of conduct on October 3, which was the day of filing nominations. UCPN-M had organized a rally of 500 motorcycles and 20 cars to the office of Election Officer. In constituency no. 3, the cadres were wearing the T-shirts with slogans and several huge banners and flags were used. NC candidates also held rallies with huge flags and colorful banners to file the candidacy. UML had also organized motorcycle rally and used colorful and huge banners. RPP and RPP-Nepal used big flags against the code of conduct. Sitaram Adhikari धादिङ । ०७० असोज २४ गते, आगामी मंसिर ४ गते हुने अर्को संविधानसभा निर्वाचनको प्रचारप्रसारको शैली अमर्यादित र निर्वाचन आचारसंहिता विपरितको कार्य भइरहेको भए पनि निर्वाचन आयोगले कसैलाई पनि चेतावनी समेत दिएको छैन । संविधानसभा सदस्य निर्वाचन आचारसंहिताको उल्लङ्घन हुने गरी एनेकपा माओवादीले असोज २४ गते सदरमुकाम स्थित जिल्ला पार्टी कार्यालयमा चियापान कार्याक्रमको आयोजना गरेको छ । धादिङ क्षेत्र नं. २ का संविधानसभा सदस्यको प्रत्यासी कल्पना धमलाले हस्ताक्षर गरी रङ्गिन निमन्त्रण कार्ड बाँडेर बजारबासीलाई चियापान कार्यक्रममा बोलाइएको थियो । निर्वाचन आयोगको असोज २२ गतेको निर्णय बमोजिम कुनै पनि चाडबाडको नाममा चियापान भोज भतेर गर्न प्रतिबन्ध लगाइएको भए पनि बजारबासीलाई समेत बोलाएर चियापान कार्यक्रम गर्नु आचारसंहिताको उल्लङ्घन भएको निर्वाचन पर्यवेक्षकहरूले बताएका छन् । यसैगरी, धादिङ क्षेत्र नं. ३ स्थित नौबिसे गाविसको खानीखोला स्थित मछिन्द्र उच्च मावि खानीखोलामा असोज २२ गते एनेकपा माओवादीले कार्यक्रमको आयोजना गरिएको थियो । ठूलाठूला झण्डाको प्रयोग गरिएको थियो भने विद्यालय भित्रै कार्यक्रम गरिएको थियो । कार्यक्रममा उम्मेदवार शालिकराम जम्मरकट्टेल पनि सहभागी भएका थिए । संविधासभा सदस्य निर्वाचनको लागि उम्मेदवारी दर्ता गर्ने दिन असोज १७ गते पनि ठूला दलहरूले निर्वाचन आचारसंहिताको व्यापक उल्लङ्घन गरेका थिए । एनेकपा माओवादीले ५ सय मोटरसाइकल र्‍याली, २० ओटा गाडी प्रयोग गरेर निर्वाचन अधिकृतको कार्यालयमा कार्यकर्ता सहभागी गराएको थियो । क्षेत्र नं. ३ मा रहेको १४ गाविसबाट एमाओवादीले चुनाव प्रचारका टिर्सटहरू समेत लगाएर कार्यकर्ता सहभागी गराएको थियो । ठूलो व्यानर र झण्डाहरू पनि धेरै ठूला प्रयोग भएको थियो । नेपाली काङ्ग्रेसले पनि ठूला झण्डा र रंगिन व्यानर सहित निर्वाचन कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका थिए । नेकपा एमालेले रंगिन व्यानर र मोटरसाइकल र्‍याली समेत गरेको थियो । एमालेले पनि ठूलो व्यानर बोकेर आचारसंहिताको उलङ्घन गरेको थियो । राप्रपा, राप्रपा नेपालले ठूला झण्डा प्रयोग गरेर आचारसंहिताको उल्लङ्घन गरेका थिए । ठूला दलहरूले आचारसंहिताको उल्लङ्घन गरेको भए पनि कसैले पनि नियन्त्रण गर्ने प्रयास गरेका छैनन् । सीताराम अधिकारी

0 Comments

Related Reports
Related Trend Analysis