Incident Reports

दुई जना काङ्ग्रेस कार्यकर्ता ऐमाओवादीको कब्जामा l

2013-10-03

Rajendra Thagunna डडेल्धुरा । ०७० कत्तिक १७ गते, डडेल्धुरा जिल्लामा नेपाली काङ्ग्रेस र माओवादी कार्यकर्ता बीच कात्तिक १७ गते भएको झडपपछि काङ्ग्रेसका दुई जना कार्यकर्ताहरूलाई एमाओवादीका कार्यकर्ताले कब्जामा लिएका छन् । कैलपालमाण्डो गाविस-५ निवासी काङ्ग्रेस कार्याकर्ता कैलाश पनेरु र सोही गाविस-९ का बसन्तराज भट्टलाई माओवादी कार्यकर्ताहरूले आफ्नो नियन्त्रणमा राखेका हुन् । एमाओवादीका उम्मेदवार खगराज भट्टको उपस्तिथिमा माओवादीले कैलापमाण्डौ गाविस-५ मा आयोजना गरेको आमसभा नजिकै आएर काङ्ग्रेसका कार्यकर्ताहरूले नाराजुलुस सहित माईकिङग गरेपछि झडप शुरु भएको प्रत्यक्षदर्शी इन्सेक डडेल्धुरा जिल्ला कार्यालयका कैलाश पनेरुले बताए । झडप पश्चात माओवादी कार्याकर्ताहरूले काङ्ग्रेसका कार्यकर्ता पनेरु र भट्टलाई भोलो कैलपमाण्डौ गाविस-२ रेलमा गामाओवादीले आयोजन गर्ने कार्यक्रममा लगिएको प्रत्यक्षदर्शी पनेरुले बताए । उम्मेदवार भट्टको सुरक्षाका लागि खटिएका सुरक्षाकर्मीहरूले नेका कार्यकर्ताहरूलाई नियन्त्रणमा लिन नमिल्ने बताए पनि माओवादी कार्यकर्ताहरूले यस विषयमा नबोल्न र आफ्नो डियूटी गर्न आदेश दिए । पीडित दुवै जना कात्तिक १७ गते साँझसम्म मुक्त नभएको बताईको छ । राजेन्द्र ठगुन्ना

0 Comments

Related Reports