Incident Reports

उपत्यकाबाट विप्लवका ४ नेता पक्राउ

2019-06-20

Bagmati, Kathmandu, Kathmandu

काठमाडौँ । नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वका पाँच जना नेतालाई प्रहरीले उपत्यकाबाट पक्राउ गरेको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा टेकुको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।पक्राउ पर्नेहरुमा रामेछाप पार्टी इञ्चार्ज कुलदिप तामाङ, दोलखा इञ्चार्ज यादव दाहाल, दोलखा सेक्रेटरी विशाल जिरेल, विद्यार्थी संगठनको ताम्सालिङ इन्चार्ज मुकुन्द श्रेष्ठ र उदयपुर जिल्लाको विद्यार्थी संगठन अध्यक्ष विशाल तामाङ रहेका छन् ।रामेछाप पार्टी इन्चार्ज कुलदिप भक्तपुरबाट पक्राउ परेका हुन भने अन्य काठमाडौंबाटै पक्राउ परेका हुन् । पक्राउ परेकाहरुको साथबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको  प्रतिबिन्धत पार्टी नेकपा समूहको पर्चा भेटिएको महाशाखाका प्रमुख एसएसपी सहकुल थापाले जानकारी दिए ।

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
National/Online Media

0 Comments