Incident Reports

महोत्तरीमा चोरको आक्रमणबाट महिलाको मृत्यु

2019-06-20

Madhes, Mahottari, Gaushala, Ward 10

महोत्तरीको गौशालामा चोरको आक्रमणमा परी एक महिलाको ज्यान गएको छ। गौशाला नगरपालिका–१० भरतपुरकी करीब ३० वर्षीया अञ्जुकुमारी श्रेष्ठको ज्यान गएको इलाका प्रहरी कार्यालय गौशालाका सई बलबहादुर माझीले जानकारी दिए।

राती साढे १२ बजेतिर श्रेष्ठको घरमा चोर पसेका थिए । गाउँलेसँग गुहार माग्दा चोरले उनको छातीमा छुरा प्रहार गरेका थिए ।

छुरा प्रहारबाट गम्भीर घाइते भएकी उनलाई प्राथमिक स्वास्थ्य केन्द्र गौशालामा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारको लागि जनकपुर अञ्चल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनाको खबर पाउनसाथ कान्तिबजार र इलाका प्रहरी कार्यालय गौशालाबाट प्रहरी टोली पुगेका थिए ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Robbery/burglary/violent theft
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
Total Killed 1
Female Killed 1
Female Injured 00
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Saptari , Local Newspaper - Siraha , Local Newspaper - Parsa

0 Comments

Related Reports