Incident Reports

Four Injured in Clash between NC, UCPN-M

2013-10-31

Rukum, NC ra UCPN-M karyakarta bich vayeko jhadap ma 4 jana ghaitee. Rukum/October 31, Four persons, including a police Inspector have been injured when UCPN-M cadres attacked the election assembly of NC in Chaurjahari of Bijeshwori VDC-1 on October 31. According to police, the clash ensued when the UCPN-M cadres pelted stones at the NC election assembly as Tarun Dal Rukum member Janak Batha was addressing the program. Police Inspector Shailendra Sapkota, constable Purna Bahadur Khatri, NC cadre Narjung Oli of Khola Gaun VDC-9 and news reporter of Community Radio Sani Bheri Sher Prasad Dhakal were injured in the incident. NC said that situation turned tense after the YCL cadres threw stones to disperse the election assembly. Police said that the injured received treatment at local health post. Police fired two tear gas shells and one round in air after the clash turned nasty. DSP Rajendra Bhatta said that the NC election assembly concluded after the police took the situation in control. Cadres of both groups sustained minor injuries, police said. Adarsh KC रुकुम । ०७० कात्तिक १४ गते, विजयश्वरी गाविसमा-१ मा चौरजहारीमा कात्तिक १४ गते नेपाली काङ्गेसको चुनावी सभामा एकिकृत माओवादी कार्यकर्ताले आक्रमण गर्दा एक प्रहरी निरीक्षक सहित चार जना घाइते भएका छन् । चौरजहारीको शितल क्याम्पसमा भइरहेको चुनावी सभालाई तरुण दल रुकुमका सदस्य जनक बाँठाले सम्बोधन गरिरहँदा एकिकृत माओबादीका कार्यकर्ताले बाहिरबाट ढुङ्गा प्रहार गर्दा झडपको स्थिती सिर्जना भएको प्रहरीले बताएको छ । एमाओवादीका कार्यकर्ताले सभा भइरहेको स्थल बाहिरबाट ढुङ्गा प्रहार गरेपछि प्रहरी निरीक्षक शैलेन्द्र सापकोटा, प्रहरी जवान पुर्णबहादुर खत्री, नेपाली काङ्ग्रेसका खोलागाउ गाविस-९ निवासी काङ्ग्रेस कार्यकर्ता ५५ वर्षीया नरजंग ओली र स्थानीय रेडियो सानीभेरीका चौरजहारी समाचारदाता २८ वर्षीया शेरप्रसाद ढकाल घाइते भएका छन् । चुनावी सभालाई तितरवितर पारेर पार्ने लक्ष्य सहित आएका वाईसीयल कार्यकर्ताहरूले कार्यक्रम चलिरहदा ढुङ्गामुढा प्रहार गरेर केही बेर कार्यक्रम स्थान तनावग्रष्त बनाएको काङ्ग्रेसले जनाएको छ । घाइतेहरूको अवस्था सामान्य रहेको र स्थानीय स्वास्थ्य चौकीमा उपचार भएको प्रहरीले जनाएको छ । झडपले उग्र रुप लिन थालेपछि प्रहरीले दुई सेल अश्रु ग्याँस र एक राउण्ड हवाई फायर गरेको थियो । रुकुमका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक राजेन्द्र भट्टले स्थिती नियन्त्रण भएपछि नेपाली काङ्ग्रेसले कार्यक्रम सम्पन्न गरेको बताए । दुवै पक्षका कार्यकर्ताहरूलाई सामान्य चोटपटक लागेको पनि प्रहरीले जनाएको छ । रुकुममा पटक/पटक जिल्लामा एमाओवादी र नेपाली काङ्ग्रेस बीच झडप हुँदै आएको छ । जहाँ हाम्रा कार्यक्रम हुन्छन त्यहाँ एमाओवादी निहुँ खोज्ने तरिकाले प्रस्तुत हुँदै आएको काङ्ग्रेस जिल्ला सभापति मानबहादुर नेपालीले बताए । यस घटना बारे माओवादी नेतृत्वले बुझेर मात्र प्रतिक्रिया दिने बताएको छ । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis