Incident Reports

कुटिपट घटनाकी आरोपित सौतेनी आमा गिरफ्तार

2019-06-20

Lumbini, Rupandehi, Devdaha, Ward 10

आठ वर्षीया सृजना सारु र १२ वर्षीय सौतेलो छोरा सुशील सारुलाई कुटपिट गरेको आरोपमा प्रहरीले देवदह नपा–१० चरङ्गेकी ३५ वर्षीया सौतेनी आमा डिलमाया सारुलाई असार ६ गते गिरफ्तार गरेको छ ।

पीडित छोराछोरीलाई आरोपितले सधैँजसो पिटने गरेको र असार ५ गते पनि पाइपले कुटेको दिएको र असार ६ गते विद्यालयमा झोक्रााएर बसेपछि शिक्षकले सोध्दा र शरीरमा हेर्दा डामैडाम भएको शिक्षकले देखेपछि घटना बाहिर आएको हो ।

घटनाका विषयमा बालबालिकाले अध्ययन गर्ने विद्यालय श्री सीता मावि चरङ्गेका शिक्षक लेखनाथ थापाले भने–‘सानो बाबुलाई पहिला भन्दा फरक देखेँ ।’

‘झोक्राएर बसेको देखेर के भयो भनी सोधेको बोलेनन् । के भयो ? किन सन्चो छैन ? भनेर यसो धाप मारेको थिएँ । ऐया मरे बाबा भने । सोध्दै गए अनि मम्मीले पिटेको भन्दै आँखाबाट बरर आँसु झारे । शरीरमा हेरे निल डामैडाम थिए । हातको नशा सुन्निएका थिए ।’–शिक्षक थापाले भने । नानीको पनि उस्तै हालत पाइएको उनले बताए ।

नानीहरूको मम्मीलाई फोन गरेर नानीबाबुलाई सन्चो नभए जस्तो झोक्राएका छन् के भएको होला भनेर सोध्दा ‘स्कुलमा मिसहरूले कुटे होलान त्यही भएर होकी’ भन्ने जबाफ आयो । त्यसपछि, स्थानीय टोल विकास संस्थाका सदस्यहरू, आमा समूह, सबैलाई खबर गरिएको विद्यालय प्रशासनले जनाएको छ ।

आरोपितले खाना बनाएर खाएपनि बालबालिकालाई खान नदिने, सुत्न पनि बाहिर पिढीँमा सुत्न लगाउने, घरको सबै काम गर्न लगाउने र कुटपिट गर्ने गरेको थाहा भएको शिक्षक लेखनाथ थापाले बताए ।

इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी भिमलाल भट्टराईले बालबालिकालाई निकै कुटपिट गरेको पाइएको जानकारी दिए ।

पीडित बालबालिकाहरुको स्वास्थ्य उपचार र घाउजाँच असार ६ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको प्रहरीले जनायो ।


रीमा बि.सी.

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 2
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Injured 2
Female Injured 1
Youth Injured 2
INSEC

0 Comments