Incident Reports

इन्काउन्टरका घटना अध्ययन भइरहेको छः शर्मा

2019-06-23

राष्ट्रिय मानवअधिकार आयोग अध्यक्ष अनुपराज शर्माले इन्काउन्टरको संस्कृति विकास हुँदै जाँदा कानुनी राज्यको उपहास हुने बताएका छन् । उनले यसतर्फ सरकार र मातहतका निकायलाई सचेत बन्न सुझाव दिएका छन्। 

आयोगले शनिबार राजधानीमा गरेको कार्यक्रममा उनले पछिल्लो समय इन्काउन्टर संस्कृति विकास हुँदै गएकोमा चिन्ता व्यक्त गरे। ‘कुनै पनि अपराधिक घटनामा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरी अपराध प्रमाणित गर्नुपर्छ,’ उनले भने, ‘प्रहरीले आफ्नो सजिलोका लागि इन्काउन्टर शब्द प्रयोग गरी व्यक्ति हत्या गर्ने प्रवृत्ति बढ्दै जाँदा त्यसले कानुनको उपहास गर्छ।’

चरी, घैँटे र भक्तपुरका बालक अपहरणपछि हत्यामा संलग्न दुईजनाको इन्काउन्टरमा मृत्यु भएको घटनालाई आयोगले अध्ययन गरिररहेको पनि उनले स्पष्ट पारे। पछिल्लो समय नेत्रविक्रम चन्द समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको प्रहरीको इन्काउन्टरमा मृत्यु भएको छ।

0 Comments