Incident Reports

बलात्कारका आरोपित रिहा l

2013-11-24

Madhes, Saptari, Rajbiraj

Manohar Kumar Pokharel एक २२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा गिरफ्तार भएका मलेठ गाविस-९ जगदरीका ५० वर्षीय अनवारुल मियाँलाई जिल्ला अदालतले मङ्सिर ९ गते साधारण तारेखमा रिहा गरेको छ । जिल्ला अदालतका अतिरिक्त जिल्ला न्यायाधीश पुष्पराज थपलियाको एकल इजलाशले आरोपितलाई साधारण तारेखमा रिहा गरेको अदालतले जानकारी दिएको छ । आरोपितले धाकधम्की दिँदै कात्तिक ३ गते बलात्कार गरेको भनी कात्तिक १० गते पीडितको किटानी जाहेरी पछि आरोपितलाई प्रहरीले कात्तिक १० गते राति हाडनाता करणी मुद्दाअन्तर्गत गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडितका पति बैदेशिक रोजगारीमा गएपछि आरोपितले कात्तिक ३ गते बलात्कार गरेको पीडितले कात्तिक १० गते जिल्ला प्रहरी कार्यालयमा दिएको उजुरीमा उल्लेख छ । पछि प्रहरी बयानमा पीडितले इन्कारी बयान दिएकी थिइन् । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis