2019-06-25
Sudurpashchim, Achham, Panchadewal Binayak
सोमबार राति अछामका दुईवटा वडा कार्यालयमा अज्ञात समूहले आगजनी गरेको छ । पन्चदेवल विनायक नगरपालिकाकाे ३ र ढकारी गाउँपालिकाको ५ नम्बर वडामा आगजनी भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख डिएसपी जनकबहादुर शाहीले जानकारी दिए ।
पन्चदेवल बिनायकको ३ नम्बर वडामा राति २ बजेको समयमा आएको करीब ५/६ जनाको समूहले पेट्रोल छर्केर आगजनी गरेको स्थानीयको भनाइ छ।
भुईतलामा रहेका ४ वटा कोठाहरु पन्चदेवल बिनायक नगरपालिका–३ को वडा कार्यालयले प्रयोग गरिरहेकोथियाे। आगजनीबाट कार्यालयभित्र रहेका १ थान कम्प्युटर, प्रिन्टर, २ वटा रिभल्बिङ कुर्सी, टेबुल लगायत वडाका महत्वपूर्ण कागजात जलेर नस्ट भएका छन्।
यता ढकारी गाउँपालिका ५ मा भने प्रहरी घटनास्थलमा पुग्न सकेको छैन। गाउँपालिका केन्द्रबाट पैदल २ घन्टाको दुरीमा रहेको वडा कार्यालयमा भएकाे क्षतिको विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Arson |
Weapons | Fire |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health) |
Actor 2 - Youth | na |
Total damaged Buildings | 1 |