2019-06-25
गुलरिया : बर्दियामा दुई वटा प्रेसर कुकर बम फेला परेको छ । सदरमुकाम गुलरिया नगरपालिकास्थित हुलाकी मार्ग अन्र्तगत डिभिजन बन कार्यालयनजिक तथा पूर्व–पश्चिम राजमार्ग अन्र्तगत कर्तनिया चोकमा कुकर बम भेटिएका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव नेतृत्वको पार्टीले बन्दलाई लक्षित गर्दै सडकमा बम राखेको हुनसक्ने प्रहरीको आशंका छ । बम भेटिएका स्थानमा कडा सुरक्षा दिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाका निमित्त प्रमुख डीएसपी मदनजीत महराले बताए । नेपाली सेनाको बम डिस्पोजल टोलीले बम निक्रिय पार्ने काम गरिरहेको डीएसपी महराले जानकारी दिए ।
विप्लव नेतृत्वको पार्टीले आब्हान गरेको बन्दका कारण बर्दियाको जनजीवन प्रभावित बनेको छ । बिहानैदेखि सवारी साधन चलेका छैनन् ।
Violent / Non-violent | Violent |
Onesided / Twosided | Onesided |
Collective / Interpersonal | Collective |
Primary Form | Symbolic violence |
Weapons | Improvised explosive device (IED) |
Primary Cause | Other political issues |
Actor 1 - Number of people | N |
Actor 1 - Affiliations | CPN (Chand) and affiliated org |
Actor 1 - Youth | na |
Actor 2 - Number of people | N |
Actor 2 - Affiliation (Target) | Group of civilians (only Target) |
Actor 2 - Youth | na |