Incident Reports

चिर्पट प्रहार गरी हत्या

2019-03-20

Gandaki, Tanahun, Myagde, Ward 3

तनहुँको म्याग्दे गाउँपालिका-३ धयरेस्थित १ होटलमा बुधबार राति मदिरा सेवनको क्रममा विवाद हुँदा चिर्पट प्रहारबाट १८ वर्षीय विकास थापाको मृत्यु भएको छ । स्थानीय सञ्जय परियारले प्रहार गरेको चिर्पटले घाइते थापाको उपचारको क्रममा पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा बिहीबार राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले परियारलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए । उनका अनुसार मदिरा सेवन गर्दा भएको विवादमा युवकको ज्यान गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । उनले भने, ‘मदिरा सेवन गर्दा भएको झगडामा परियारले चिर्पट प्रहार गरेको स्वीकारेका छन्  थप अनुसन्धान भइरहेको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Local Newspaper - Kaski

0 Comments

Related Reports