Incident Reports

शिक्षकको कुटाइबाट तीन छात्रा घाइते

2019-06-26

Province 1, Dhankuta, Chhathar Jorpati

छथरजोरपाटी गाउँपालिकास्थित सेतोगुराँस सेकेन्डरी बोर्डिङ स्कुलकी शिक्षक यशुन ओझाको कुटपिटबाट असार ११ गते तीन जना छात्रा घाइते भएका छन् ।

पाइपले कुटपिट गर्दा कक्षा १० मा अध्ययनरत चन्द्रकला मगर, विभुति सुब्बा र अस्मिता मगर घाइते भएका हुन् ।

प्रश्न सोध्ने क्रममा उत्तर नदिएपछि छात्रालाई शरीरका विभिन्न अङ्गमा कुटपिट गरिएको पीडितहरूले आरोप लगाएकाछन् ।

कुटपिटबाट छात्राहरूको पिँडुला, हात र पिठ्यूँमा निलडाम रहेको छ । पाइपले कुटपिट गर्न थालेपछि आउने उत्तर पनि त्रासका कारण बिर्सिएको घाइते छात्रा विभुतिले बताइन् । ओझाले विगत देखि नै कुटपिट गर्ने गरेको उनीहरूले बताए ।

दुखाइकाकारण राति निधाउन पनि नसकेको अभिभावक गीताले बताइन् । उनले भनिन्–‘सुरूमा अप्ठेरो गरेर हिँडेको देखेपछि सोधपुछ गर्दा अन्यत्र पनि निलडाम देखेँ ।’

छोरीलाई गोरु जस्तै चुटेको उनले बताइन् । घाइतेको उपचार स्थानीय स्वास्थ्य संस्थामा गरिएको थियो । दुखाइ कम हुने औषधि सेवनपछि हिँडडुलमा सहज भएको घाइतहरूले बताए।

असार १२ गते विद्यालयमा पुगेका घाइते छात्राका अभिभावकले कुटपिटमा संलग्न शिक्षकलाई कारवाही गर्न माग गरेका छन् ।

पीडित पक्षले शिक्षकलाई निष्काशन, उपचार खर्च व्यहोर्नु पर्ने लगायतका माग अघि सारेको छ । विद्यालय प्रशासन, व्यवस्थापन समिति र घाइते विद्यार्थीका अभिभावकबिच छलफल गरिएपनि निष्कर्षमा पुग्न सकेको छैन ।

घटनाबारे विद्यालयका प्रिन्सिपल साधना भुजेलले पढ्न कमजोर विद्यार्थीलाई निजी विद्यालयले डरत्रास देखाउनुलाई सामान्य रहेको बताइन् । तर, शिक्षक ओझाले गर्नै नहुने गल्ती गरेकोले अभिभावकको सामु क्षमायाचना दिन लगाएको बताइन् ।


ईश्वर थापा

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 3
Total damaged Buildings 00
INSEC

0 Comments