Incident Reports

७ बर्षीया बलात्कृतl

2013-09-24

Province 1, Sunsari, Barah, Ward 2

धरान, आश्विन ८ - सुनसरीको बराह क्षेत्र बस्ने दलित समुदायकी ७ वर्षीय बालिकालाई बलात्कार गरेको आरोपमा ४४ वर्षीय रमेश खड्कालाई प्रहरीले पक्राउ गरेको छ । चतरा प्रहरी चौकीका सहायक निरीक्षक धनकुमार श्रेष्ठका अनुसार आइतबार मध्याह्न मादक पदार्थ सेवन गरेका खड्काले २० रुपैयाँ दिएर सुनसरी-मोरङ सिँचाइ आयोजनाको चतरास्थित खाली भवनमा लगी बलात्कार गरेका थिए । उनलाई इलाका प्रहरी महेन्द्रनगरले सोमबार म्याद थप गरी अनुसन्धान गरिरहेको छ । बालिकालाई अभिभावकको जिम्मा लगाइएको छ । खड्काकी पत्नी वैदेशिक रोजगारमा छन् । यौन हिंसापछि कसैलाई भनेमा कुटपिटको धम्की दिएको पीडित बालिकाले बताइन् । उनले आफ्नी दिदीलाई डराउँदै घटनाको जानकारी दिएपछि उनको परिवार प्रहरीमा पुगेको हो ।

0 Comments