Incident Reports

खुर्पा प्रहार गरेर जेठाजुको हत्या

2019-07-01

Gandaki, Gorkha, Sahid Lakhan, Ward 7

गोरखा– शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । बुङकोटस्थित चारघरेमा आज दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै भाइबुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।हत्याको आरोपमा प्रहरीले ५२ वर्षीया गोरीमाया रानालाई प्रहरीले पक्राउ गरेको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ । जेठाजुमाथि खुप्रा प्रहार गर्नुको कारणबारे भने केही खुल्न नसकेको प्रहरी नायब निरीक्षक रोशन श्रेष्ठले जानकारी दिए । हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
Police website , National/Online Media , INSEC

0 Comments

Related Reports