Incident Reports

बावुलाई चितामा चढाएपछि छोराहरुबीच हानाहान

2019-04-30

Province 1, Jhapa, Kamal, Ward 1

मानिसको मृत्यु भएपछि गाउँ शोकमग्न हुने गर्छ तर, झापाको कमल गाउँपालिका-१ स्थित किस्ने घाटमा मलामीबीच कुटाकुट भएको छ । लामो समयसम्मको अंश विवादले दाहसंस्कारस्थलमै कुटाकुट भएको हो । मंगलबार बिहान ८५ वर्षको उमेर मा रघुनन्द गौतमको मृत्यु भयो। गौतम काइँला छोरासँग दमकमा बस्ने गर्थे । करिब एक वर्षअघि बिरामीले थलिएका गौतम साइँला छोरा नरेन्द्र गौतमसँग कमल गाउँपालिकामा बस्दै आएका थिए। आर्थिक अवस्था कमजोर भएका साइँला छोरा(नरेन्द्र) ले बुवाको जिउनी अंश बेचेर उपचार गर्ने योजना बनाए तर बुवाको जिउनी भाइले आफ्नो नाममा पारेको पाइएपछि बुवाको उपचारमा समस्या भयो । “बुवाको जिउनी पुनः फिर्ता गर्न भन्दा भाइले अटेर गर्यो, बाबुलाई उपचार गर्दा मलाई ऋण लागेको छ भनेर भाइ पन्छिन खोज्यो' नर "न्द्रले भने “समाज राख्नेदेखि गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिंदा भाइले जिउनी फिर्ता गरेनन् ।” यो प्रकरणमा गल्ती काइँला छोराको भएको स्थानीय प्रकाश बाँस्कोटाको भनाइ छ । उनले बुवा विरामी हुँदासमेत उपचारमा बेवास्ता गरेको सापकोटाले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Fight
Weapons None
Primary Cause Disputes over inheritance, debt, land and other economic disputes
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth na
Actor 2 - Number of people 1
Actor 2 - Affiliation Family/relative
Actor 2 - Youth na
Local Newspaper - Panchthar

0 Comments

Related Reports