Incident Reports

कथित बोक्सी भन्दै दुर्व्यवहार, आरोपित गिरफ्तार

2019-07-02

Gandaki, Syangja, Chapakot, Ward 2

३८ वर्षीया महिलालाई कथित बोक्सीको भन्दै गालीगलौज र दुर्व्यवहार गरेको आरोपमा प्रहरीले स्याङ्जा जिल्ला चापाकोट नपा-२ बस्ने २५ वर्षीया चन्द्रकला थापा र तनहुँ जिल्ला बन्दिपुर नपा-६ घर भई हाल पोखरा मनपा-१६ बस्ने ३३ वर्षीया सोममाया गुरुङलाई असार १८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितद्वयले असार १७ गते कथित बोक्सीको आरोपमा गाली गलौज गर्दै दुर्व्यवहार गरेको भन्दै पीडितले असार १८ गते वडा प्रहरी कार्यालय, वालिङमा उजुरी दिएकी थिइन् ।

पीडितको उजुरीपछि आरोपितद्वयलाई गिरफ्तार गरी घटनाको अनुसन्धान प्रकृया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय, स्याङ्जाका डिएसपी नविनकृष्ण भण्डारीले जानकारी दिएका छन् ।


हिमलाल पराजुली

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Public humiliation
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Kaski

0 Comments