Incident Reports

गाउँपालिकामा लगाइएको ताला प्रहरीले खोल्यो

2019-07-08

Karnali, Jumla, Tila

जुम्ला - तिला गाउँपालिकामा अज्ञात समुहले लगाएको ताला प्रहरीले खोलेको छ । गाउँपालिकाको दुईवटा कक्षमा ताला लगाइएको थियो । भित्र गाउँपालिकाको ताला लगाइएकोमा बाहिर पट्टी अर्को ताला लगाइएको थियो । बिहान कार्यालय सहयोगी आउदा दुई ताला लगाएको देखेपछि प्रहरीलाई खबर गरिएको थियो ।

प्रहरीले गाउँपालिकामा लगाएकाे ताला सुरक्षाका बिच खाेलेकाे छ। ताला खुलेपछि कार्यालय कामकाज सहजै रुपमा सञ्चालनमा आएका छन् । गाउँपालिकामा ताला लगाईएको बारेमा जिल्ला स्थित सुरक्षा निकायालाई खवर गरिसकिएको प्रमुख प्रशासकीय अधिकृत हरिश्चन्द्र नेपालीले जानकारी दिए ।

अहिले प्रहरीले गाउँपालिकामा सुरक्षा दिईरहेको छ । अछामका स्थानीय तहमा बिप्लव समुहले ताला लगाएको २४ घण्टा नपुग्दै जुम्लाको तिला गाउँपालिकामा ताला लगाइएकोले बिप्लव कार्यकताले ताला लगाएको अनुसक्ने आशंका गरिएको छ ।

स्थानीयका अनुुसार एक दिन अघि मात्र तिला ४ सापुल्लीको डाँडामा विप्लवको पक्षमा नाराबाजी गर्दै राँके जुलुस निकालिएको थियो । गाउँपालिकाको दैनिक कामकाजमा कुनै प्रभाव नपरेपनि त्रास उत्पन्न कार्य भईरहेकोमा गाउँपालिका कार्यालयले दुख पोखेको छ । प्रहरी निरिक्षक प्रकाश केसीले ताला खुलिसकेको बताए । उनले भने,‘ताला प्रहरीले खोलेर दैनिक कामकाज सहजै रुपमा अघि बढिसकेको छ । ’

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Gherau/Dharna (sit-in)/padlocking
Primary Cause Other political issues
Actor 1 - Number of people N
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth na
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
National/Online Media

0 Comments