Incident Reports

चन्द समूहद्वारा वडा कार्यालयमा आगजनी

2019-07-08

Lumbini, Bardiya, Geruwa, Ward 6

बर्दिया — नेत्र विक्रम चन्द समूहले बर्दियाको गेरुवा गाउँपालिका-६ को कार्यालयमा आगलागी गरेको छ । सोमबार मध्यरातमा चन्द समूहले आगजानी गर्दा वडा कार्यालयको लेखाफाट जलेर पुरै नष्ट भएको छ । उनीहरुले कार्यालयका अन्य दुई कोठामा पनि आगजानी गरेको प्रहरीले जनाएको छ ।प्रतिकात्मक तस्बिरआगो निभाउन जाने क्रममा इलाका प्रहरी कार्यालय पाताभार प्रहरी निरिक्षक खेमबहादुर मल्ल गम्भीर घाइते भएका छन् । आगो निभाउने क्रममा छत ढलेर लाग्दा उनी गम्भीर घाइते भएका हुन् ।

उनलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको प्रहरी नयाब उपरीक्षक मदनजीत महराले जानकारी दिए । डीएसपी महराका अनुसार घटनास्थलमा चन्द निकट भेरी कर्णाली ब्युरोको पर्चा भेटिएको छ । घटनास्थलमानेपाल प्रहरी र सशस्त्र प्रहरीलाई परिचालन गरिएको छ । घटनामा संलग्नहरुको खोजी भइरहेको डीएसपी महराले जानकारी दिए ।घटनास्थल सदरमुकाम गुलरियाबाट ५० किलोमिटर पश्चिम उत्तरमा पर्छ ।


Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Arson
Weapons Fire
Primary Cause Other political issues
Actor 1 - Number of people n/a
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people n/a
Actor 2 - Affiliation (Target) Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 2 - Youth na
Total Injured 1
Total damaged Buildings 1
Severely damaged Buildings 1
National/Online Media , INSEC

0 Comments