Incident Reports

आचारसंहिता विपरीत विद्यालय भवनमा उम्मेदवारहरूको पोष्टर l

2013-10-23

Bagmati, Ramechhap, Manthali

Nawa Raj Pathik रामेछाप । ०७० कात्तिक ६ गते, जिल्लामा प्रमुख राजनीतिक दलहरूले निर्वाचन आचासंहिताको उल्लङ्घन गर्ने कार्यलाई निरन्तरता दिइरहेका छन् । निर्वाचन आयोगले निर्धारण गरेको आचारसंहिता विपरीत प्रमुख राजनीतिक दलहरूले विद्यालय भवनमा पनि प्रचार सामाग्री टाँसेको पाइएको छ । भटौली गाविसको सेतीदेवी प्राविको विद्यालय भवनमा एकीकृत माओवादीका प्रत्यक्ष तर्फका उम्मेदवार श्यामकुमार श्रेष्ठ र एमालेको उम्मेदवार कैलाश ढुङ्गेलको पोस्टर टाँसिएको पाइएको छ । आचारसंहितामा विद्यालयका भवन तथा पर्खाल, सार्वजनिक महत्वका स्थल, ऐतिहासिक स्थल, धार्मीक स्थल, स्मारक लगायतका स्थलहरूमा निर्वाचनका प्रचार सामाग्रीहरू टाँस्न नपाउने व्यवस्था गरिएको छ । तर, त्यसको वेवास्ता गर्दै दलका उम्मेदवारहरूको पोस्टरहरू विद्यालयमा टाँसिएको छ । जिल्ला सदरमुकाममा कात्तिक ५ गते भएको सर्वपक्षीय बैठकमा प्रमुख राजनीतिक दलहरूले आचारसंहिताको पूर्ण रुपमा पालना गर्ने प्रतिवद्धता जनाएका थिए । नवराज पथिक

0 Comments

Related Reports
Related Trend Analysis