Incident Reports

Election Campaign Vehicles Torched

2013-10-28

Bagmati, Kathmandu, Kathmandu

Kathmandu, Aagyat samuha dwara ummedhwar haru ko gadi mathi aagjani. Kathmandu/October 28, Vehicles used in the election campaign of NC candidate from Kathmandu constituency-5 Narahari Acharya has been torched at Dhapasi on October 28. An unidentified group torched the jeep (Ba 6 Cha 419) parked near Krishna Mandir at Dhapasi-6. The group of about 5 motorcycle-borne persons set the jeep on fire after pouring petrol on it at around 9 am. DSP Arjun Chand said that the vehicle incurred minor damage in the incident. He said that search for those involved in the incident was ongoing. Likewise, an unidentified group tried to torch a vehicle used by CPN-UML leader Rajendra Pandey in Lazimpat at around 5.25 am. According to DSP Arjun Chand, the group chanted the slogans in favour of the CPN-Maoist and against UML, and fled the scene. Vivek Dhungana काठमाडौँ । ०७० कात्तिक ११ गते, अज्ञात समूहले नेपाली काङ्ग्रेस काठमाडौँ क्षेत्र नम्बर ५ का उम्मेदवार नरहरी आर्चाय र नेकपा एमाले धादिङ क्षेत्र नम्बर ३ का उम्मेदवार राजेन्द्र पाण्डेको गाडीमाथि कात्तिक ११ गते बिहान आगजनी प्रयास गरेको छ । बिहान ५ बजेर २५ मिनेट जादा काठमाडौँ कामनपा-२ लाजिम्पाटस्थित निल सरस्वती ग्यारेजमा पार्किङ गरेर राखिएको अवस्थामा दुई ओटा पल्सर मोटरसाईकलमा आएका ४-५ जनाको समूहले राजेन्द्र पाण्डेको बा.३च.२६२ नम्बरको निशान गाडीमाथि पेट्रोल छर्कि आगजनी प्रयास गरेका हुन् । उक्त आगजनी प्रयासमा गाडीको दाहिने ढोकामा सामान्य क्षति पुगेको महानगरीय प्रहरी परिसरका प्रवक्ता तथा डिएसपी अर्जुन चन्दले जानकारी दिए । चन्दका अनुसार, आगजनीका क्रममा अज्ञात समूहले "नेकपा एमाले मुर्दावाद, नेकपा माओवादी जिन्दाबाद" भनि नारा लगाएका थिए । आगजनी प्रयास पश्चात उक्त समूह नक्साल तर्फभागेका थिए । त्यसैगरी निर्वाचन प्रचारप्रसारका लागि नरहरी आर्चायले प्रयोग गर्दै आएको बा.६च.४१९ नम्बरको जिपमाथि बिहान ९ बजेर २० मिनेट जादा आगजनी भएको छ । दुई ओटा पल्सर मोटरसाईकलमा आएका ४-५ जनाको समूहले धापासी कृष्णमन्दिर नजिकै पार्किङ गरेर राखिएको आचार्यको गाडीमाथि पेट्रोल छर्कि आगजनी गरेको हो । आगजनीबाट गाडीमा सामान्य क्षती पुगेको डिएसपी चन्दले बताए । घटनामा संलग्न दोषीको खोजी कार्य जारी रहेको र दोषीलाई पक्राउ गरी मुद्दा दायर गर्ने प्रहरीको तयारी रहेको डिएसपी चन्दले बताए । विवेक ढुङ्गाना

0 Comments