Incident Reports

शिक्षिकाको कुटाईले बालिकाको कानको जाली फुट्यो

2019-05-20

Province 1, Jhapa, Kamal, Ward 5

झापाको कमल गाउँपालिका-५ मा रहेको लिटल एन्जल बोर्डिङ स्कुलमा अध्ययनरत पाँच वर्षकी बालिका एस्तर राईको शिक्षिकाको कुटाइबाट कानको जाली फुटेको हो ।सोमबार विद्यालय छुट्टी हुने बेलामा छोरीले कुटाई खाएको र सोही कुटाईले कानको जाली फुटेको उनकी आमा दुर्गा राईले बताइन् ।स्कुलका शिक्षक शिक्षिकाले सामान्य घाउ भएको वा लडेको भने पनि नानीले मिन्थना मिसले चार झापट हान्दा कानै 'चटक्क' गरेको बताए पछि जाँच गर्न लैजान विद्यालय राजी भएको दुगाले बताइन् । विद्यालयले चेकअप गर्ने ठाउँमा पनि डाक्टरलाई पहिल्यै भनेकोले हिमाल फार्मेसीका डाक्टर ज्ञानेन्द्र शाहले सामान्य घाउ पाकेर रगत आएको बताएका थिए ।

शाहको भनाई उद्धृत गर्दै दुर्गाले भनिन्,केही भएको छैन । औषधी लगाएपछि ठीक हुन्छ भन्नुभयो । मैले अलि सोधखोज गरे पछि इन्डोस्कोपी गरेर हेर्दा कानको जाली फटेको पाइयो । विद्यालय र फार्मसीले सामान्य औषधी गर्दा हुन्छ भनेपनि आफूले जिद्धि गरेपछि यहाँ यसको उपचार नहुने भनेर अहिले विराटनगर लिएर जाँदैछु । उनले विद्यालयले घटनालाई ढाकछोप गर्न खोजेको आरोप लगाइन् । विद्यालय प्रशासनले भने शिक्षिकाले विद्यार्थीलाई कुटेकोभएपनि कुटाईकै कारण जाली फुटेको हो कि होइन भन्ने टुंगो नभएको जनाएको छ । अभिभावकको गुनासो अनुसार आफूहरुले वेवास्ता नगरेको विद्यालयका प्रिन्सिपल लय खनालले भने, 'हामीबाट केही कमजोरी त भयो। तर बेवास्ता नै गरेको भने होइन ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Other violent form
Weapons None
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Female Injured 1
Youth Injured 1
Local Newspaper - Sunsari

0 Comments