Incident Reports

प्रतिबन्धित नेकपा नेतृत्वका कार्यकर्ता गिरफ्तार

2019-07-10

Bagmati, Dhading, Nilakantha, Ward 6

नेत्रविक्रम चन्द्र (विप्लव) नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका पोलिटव्युरो सदस्य धादिङ निलकण्ठ नगरपालिका-६ का जिवन्त भन्ने ५९ वर्षीय मोहनबहादुर कार्कीलाई प्रहरीले असार २५ गते गिरफ्तार गरेको छ ।

कार्कीलाई विदुर नगरपालिका-२ महामण्डलमा रहेको एनसेलको टावरमा ०७५ फागुन १० गते गरिएको आगजनी घटनामा संलग्न रहेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो ।

एनसेलको टावरमा आगजनी गरी ३२ लाख ५५ हजार १ सय ४४ रुपियाँ बराबरको क्षति पुर्‍याएको आरोपमा कार्कीलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका एसपी कृष्णबहादुर पल्लीमगरले जानकारी दिए ।

आगजनीको आरोपमा गिरफ्तार भएका कार्कीलाई असार २५ गते नै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरू गरिएको प्रहरीले जनाएको छ ।


नवदीप श्रेष्ठ

Details and Impacts
Violent / Non-violent Nonviolent
Primary Form Arrest (politically significant)
Primary Cause Other political issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations CPN (Chand) and affiliated org
Actor 1 - Youth unknown
Actor 2 - Number of people N
Actor 2 - Affiliation (Target) Government and civil servants at central level
Actor 2 - Youth na
INSEC

0 Comments