Incident Reports

माओवादी सचिव रिहा

2013-11-25

Madhes, Saptari, Mahadeva

Manohar Kumar Pokharel सप्तरी । ०७० मङ्सिर १० गते निर्वाचन विरोधी गतिविधिमा संलग्न भएको आरोपमा प्रहरीद्वारा गिरफ्तार गरिएका नेकपा-माओवादीका जिल्ला सचिव महदेवा गाविस-९ घर भई बकधुवा गाविस-९ बस्ने ३२ वर्षीय दीपेन्द्र माझीलाई मङ्सिर १० गते जिल्ला प्रशासन कार्यालयले रिहा गरेको छ । बकधुवा गाविस-९ स्थित घरमा आलु रोपिरहेका बेला कात्तिक २४ गते गिरफ्तारीमा परेका माझीलाई प्रत्यक्षतर्फका मतगणना सकिएपछि प्रमुख जिल्ला अधिकारी हरिकृष्ण पौडेलको आदेशले साधारण तारेखमा रिहा गरिएको हो । प्रहरी हिरासतमा राखी अनुसन्धान गर्नुपर्ने भन्दै माझीलाई केही सार्वजनिक अपराध मुद्दाअर्न्तर्गत कात्तिक २५ गते थुनुवा पुर्जी दिई इलाका प्रहरी कार्यालय कञ्चनपुरको हिरासतमा राखिएको थियो । प्रजिअ पौडेलले निर्वाचनको विरोधमा माओवादीसहितको मोर्चाले आह्वान गरेको कात्तिक २५ गतेको आमहड्तालको तयारी गरिरहेको आरोपमा उनलाई गिरफ्तार गर्नुपरेको र निर्वाचन सकिएपश्चात पुस ७ गतेको साधारण तारेख दिएर रिहा गरिएको बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis