Incident Reports

यातनादिने पति विरुद्ध प्रहरीमा उजुरी l

2013-11-25

Province 1, Khotang, Rupakot Majhuwagadhi

DM Chamling Rai लफ्याङ गाविस-५ दुवेटोलकी ३९ वर्षीया पविमाया आचार्यले शारीरिक तथा मानसिक यातना दिई कुटपिट गरेमने आरोपमा पति ४२ वर्षीय नवराज आचार्यको विरुद्ध कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय दिक्तेलमा मङ्सिर १० गते उजुरी दिर्एक छन् । पतिले बारम्बार आफूलाई बिनाकारण कुटपिट गर्ने तथा मार्ने धम्की दिँदै आएकोमा मङ्सिर ८ गते मरणासन्न हुनेगरी कुटपिट गरी घाइते बनाएपछि उजुरी दिनुपरेको पीडितदले बताइन् । पतिको कुटपिटबाट ढाड, हात र टाउकोमा लागेको चोटको घाउजाँच गराईदिन र पतिलाई कानुनी कारबाहीको माग गर्दै पीडितले प्रहरीमा उजुरी दिएकी हुन् । उजुरीको आधारमा पीडितको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा घाउजाँच केशफारम भरी उपचार गरिएको छ भने आरोपितलाई कानुनी कारबाहीका लागि गिरफ्तार गरिने जिल्ला प्रहरी कार्यालय दिक्तेल मुद्दा शाखाका सही यादव गौतमले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis